मदन पुरस्कारले ७० वर्षमा ‘तन्नेरी’ भएको ‘बुढो कलम’


विचार
आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना


चन्द्रप्रकाश बानियाँ उमेरले ७० वर्ष लागे। धौलागिरि अर्थात् तत्कालीन पर्वत राज्यको इतिहासबारे बानियाँलाई राम्रो ज्ञान छ। पर्वत राज्यको इतिहासबारे कुनै जानकारी चाहिए उनलाई सम्झिने ठूलै जमात छ।

बानियाँले आफूसँग भएको त्यही ज्ञानलाई आधार बनाएर कोरे ‘महारानी’। त्यसले उपन्यासको रूप लियो। शिखा बुकले बजार ल्यायो। 

जुन पुस्तक २०७६ सालको मदन पुरस्कार जित्न सफल भएको छ भने त्यसका लेखक बानियाँको चर्चा पनि चुलिएको छ। त्यसअघि पनि उनले पुस्तक नलेखेका होइनन्। उनका ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित भइसकेका थिए। तर, साहित्य जगतमा उनी गुमनामजस्तै थिए।

मदन परस्कार पाइसकेपछि उनको चर्चा एकाएक चुलियो। एकाएक उनको खोजी हुन थाल्यो। दसकौंदेखि निरन्तर लेखिरहेको एउटा साहित्यकार मदन पुरस्कार पाउँदामात्रै सबैको नजरमा पर्‍यो।

यतिबेला उनलाई अपेक्षा नगरेका मानिसहरूले फोन गरिरहेका हुन्छन्। बधाइ दिइरहेका हुन्छन्। त्यो खुसी साट्दै बानियाँले आयोमेलसँग भने, 'मदन पुरस्कार पाइसकेपछि अपेक्षा नगरेका मान्छेले फोन गरे। अपेक्षा नगरिएका प्रश्न सोध्न थाले। मैले पनि अपेक्षा नगरेका उत्तर दिनुपर्‍यो। आफ्नै पनि कतिपय कसैलाई भन्दैन नभनेका कुरा पनि भन्न पुगेँ।'

मदन पुरस्कार पाइसकेपछि बानियाँ खुसीमात्रै छैनन्। थप गम्भीर पनि बनेका छन्। यस्ताखाले प्रतिक्रियाले उनलाई निकै गम्भीर बनाइदिएको छ।

'कुनै पनि पुरस्कार पाउनु आफैंमा खुसीको कुरा हो। मैले पुरस्कार पाउँछु भनेर लेखेको होइन। मनमा त्यस्तो कुनै अपेक्षा पनि थिएन,' आयोमेलसँगको कुराकानीमा उनले भने, 'जब मदन पुरस्कार गुठीबाट मलाई फोन आयो, अपेक्षा नै नगरेको कुरा प्राप्ति भयो। अब म उमेरले बुढो भइसके अल्छी लाग्छ। मदन पुरस्कारको गरिमा थाम्न सकिन्नँ कि भन्ने डर लागिरहेको छ।'

'यसअघि इतिहाससँग सम्बन्धित तीन कृतिले लगातार पुरस्कार पाइसकेका थिए।

'यसपटक मेरो ऐतिहासिक लेखनले पुरस्कार पाउँछ भन्ने मलाई लागेको थिएन,' उनले भने।

‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो। पुस्तकमा आफूले ऐतिहासिक विषयमा टेकेर तथ्यपरक कुरा पस्केको बानियाँको भनाइ छ।

म्याग्दी बेनीस्थित पुलाचौरमा २००७ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएका बानियाँ सामान्य स्वभावका व्यक्ति हुन्। 

२०४८ सालका सांसद बानियाँ

बानियाँलाई पहिलेदेखि नै राजनीतिमा खासै रुची थिएन। तर, समय र भाग्यले उनलाई सांसद बनाइदियो। उनी आफ्नो राजनीतिक जीवन प्रवेशलाई भावनात्मक र आकस्मिक भएको ठान्छन्।

सानैदेखि समाजमा भएका रुढीग्रस्त कुरा, अन्याय र अत्याचार उनलाई मन पर्थेन। जुन भावनाले उनीभित्र राजनीतिक चेत थियो। उनी राजनीतिका माध्यमबाट समाज परिवर्तन गर्नुपर्छ ठान्थे।

३० वर्षको उमेरदेखि नै बानियाँ शिक्षण पेसामा आबद्ध भए। उनले गाउँकै पौलस्त्य प्राविमा अंग्रेजी विषय पढाउँदै अध्यापन पेसा अँगालेका थिए। 

२०३६ र ३७ सालमा शिक्षक आन्दोलन भयो। त्यो बेला बानियाँ राखुको मुक्तिधाम माविमा पढाउँथे। उनी पनि आन्दोलनमा होमिए।

शिक्षक आन्दोलनमा होमिएपछि तत्कालीन पञ्चायत सरकारले उनलाई जागिरबाट बर्खास्त गरिदियो। त्यसबेला बानियाँले १० वर्षसम्म तारेख धाउनुपरेको अनुभव सुनाए। र, घरमै वस्तुभाउ पालेर बसे।

त्यही खाली समयमा उनी नजानिदो तरिकाले अलिअलि राजनीतिक दल मालेका गतिविधिसँग जोडिन पुगे।

उनले भने, 'पछि व्यवस्था फेरियो। र, म २०४७ भदौमा पुनर्बहाली भएँ। त्यसपछि बाबियाचौरको मंगला माविमा पढाउन थालेँ।'

पछि उनलाई मालेले तत्कालीन समयमा सदस्यता प्रदान गर्‍यो। बानियाँले शिक्षकबाट राजीनामा दिएर सदस्यता लिए। पछि माले एमाले भइसकेको थियो।

सदस्यता लिएलगत्तै २०४८ सालमा संसदीय निर्वाचन भयो। पार्टीले उनलाई म्याग्दीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न टिकट दियो। उनले चुनाव पनि जिते। र, सांसद बने।

२०५० सालमा उनलाई ‘ब्रेन ट्युमर’ देखियो। २०५१ मा मध्यावधि निर्वाचन भयो। स्वास्थ्यवस्थाका कारण आफूले पाँच वर्ष बिदा मागेको र २०५४ मा पार्टी टुक्रिएको उनले बताए। पछि उनलाई विरक्त लाग्यो र पार्टीको सदस्यता नै त्यागेर राजनीतिबाट सदाका लागि टाढिए।

सक्रिय लेखन

बानियाँ सानैदेखि अध्ययन र लेखनका सौखिन थिए। तर, २०५४ पछि उनको लेखनले गति लिन थाल्यो। २०५५ सालतिर धौलागिरि साप्ताहिकमा स्तम्भ लेख्न थाले। त्यो माओवादी आबद्धहरूले निकालेको पत्रिका थियो। तत्कालीन सरकारले त्यो पत्रिका र उनको लेखनीलाई रुचाएन। र, २०५९ मा प्रशासनले पत्रिका नै बन्द गरिदियो। 

पछि उनले बेनीमै म्याग्दी सन्देश साप्ताहिक चलाए। तर, उनी फ्रन्टलाइनमा देखिएनन्। 

कृष्णबहादुर महरालगायत उनले पढाएका माओवादी विद्यार्थीहरू उनको सम्पर्कमा आइरहन्थे। उनको माओवादीसँगको हिमचिम प्रशासनले थाहा पायो। र, २०५९ मा बानियाँ पक्राउ परे। त्यो बेला बानियाँले ९० दिन कारागारमा बिताउनुपरेको थियो। २०६१ माघ १९ मा उनी फेरि पक्राउ परे र चार महिना कारागारमा बिताए।

२०६० सालमा उनी काठमाडौं हान्निए। तत्कालीन प्रशासनले लेखनका माध्यमबाट माओवादीलाई सहयोग पुर्‍याएको आरोप लगाएपछि उनी विस्थापित हुन पुगेका थिए।

म्याग्दीका तत्कालीन सिडिओले उनलाई अंकल भन्थे। ती सिडिओका बुबा बानियाँसँगै पढ्ने भएकाले उनले अंकल भनेर सम्बोधन गर्ने गरेका थिए। तिनै सिडिओले उनलाई भागेर ज्यान जोगाउन सुझाएको बानियाँले सुनाए।

'उनले मलाई विनम्रतापूर्वक अंकल तपाईं यहाँ नबसिदिनुस्। यहाँ हामी हजुरको ज्यान जोगाउन सक्दैनौं। सेनाले तपाईंलाई हेर्ने दृष्टिकोण राम्रो छैन भन्नुभयो,' उनले भने, 'मैले त्यसो भए प्रशासनबाट बच्न त जंगल पस्नुपर्‍यो? तपाईंले जंगल जा भन्न खोज्नुभएको हो भनेँ। उहाँले हैन अंकल ज्यान जोगाउन भएनि तपाईं भाग्नुस् भन्नुभयो। ज्यानको माया लागेर २०६० मंसिरमा एक छोरा, एक छोरी र श्रीमतीसहित काठमाडौं हान्निएँ।'

उनलाई काठमाडौंमा पत्रकार किशोर श्रेष्ठले फेला पारे। उनको पत्रिकामा अन्तर्वार्ता छापिदिए। म्याग्दीकै शिवशंकर जनधारणामा काम गर्न थालेका बेला धौलागिरि साप्ताहिक बन्द भएपछि काठमाडौं हान्निएका थिए बानियाँ। श्रेष्ठले जनधारणामै लेख्न आग्रह गरे। र, त्यसपछि २०६० साल पुसदेखि उनी निरन्तर साप्ताहिक रूपमा जनधारणामा लेख लेखिरहेका छन्।

उनी अब आफूसँग धेरै समय नभएको ठान्छन्। त्यसैले जति लेख्नेछन् सक्रिय भएर लेख्नेछन्। आफ्नै माटोका केही थान कथा अहिले पनि उनको दिमागमा घुमिरहेका छन्। उनी कुन कथालाई पहिले मूर्तरूप दिउँ भन्ने सोचमा छन्। बानियाँले अबका दिन पनि आफ्नै माटो र समाजका कथा लेख्ने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक