‘राष्ट्रिय वन’ भित्र ठडिएको भालुवाङ बजारको कथा


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


चारैतिर जंगल र राप्ती नदी किनारमा ठडिएको दाङको एउटा बजार हो– भालुवाङ। 

प्यूठान जिल्ला अलि धेरै अनि अर्घाखाँचीको थोरै चुच्चोसँग जोडिएर, दाङको एउटा टुप्पोमा बसेको यो बजार अहिले चर्चामा छ, प्रदेश राजधानीका रूपमा। 

पूर्वपश्चिम राजमार्ग निर्माणसँगै छेउछाउका ‘चिया पसल’ बाक्लिएर बनेको यो बजारमा बनेका ठुल्ठूला सरकारी अनि निजी भवनका आफ्नै ‘लालपूर्जा’ भने छैन। किनकि, यो राष्ट्रिय वनको जग्गा हो। 

प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने निर्णय गरेसँगै अहिले भालुवाङको चर्चा चुलिएको छ। 

पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको भालुवाङ बजार भए पनि यो खास्सै चर्चामा आउने गरेको बजार भने होइन। तर दाङ, रोल्पा र प्युठानको प्रवेशद्वारका रूपमा रहेको छ । 

पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै दाङ, प्युठान, रोल्पा र अर्घाखाँचीबाट मानिस आएर बसेको दाङका पुराना पत्रकार केबी मसाल बताउँछन्। 

‘भालुवाङको इतिहास हेर्ने हो भने यो ठाउँमा बस्ती बढ्न थालेको ३०/४० वर्ष भएको छ,’ उनले भने, ‘त्योभन्दा पहिले पातलो बस्ती भए पनि, खासै बस्ती थिएन।’ 

उनका अनुसार भालुवाङ बजार पूर्व–पश्चिम राजमार्गको राप्ती नदीमा पुल निर्माणसँगै बढ्दै गएको हो। त्योभन्दा पहिले केही मानिस बस्ने गरे पनि खासै चर्चामा थिएन। भालुवाङ बजार पनि अहिले बजारभन्दा पहिले केही माथि रोल्पा र प्युठान जाने बाटोमा थियो । तर, पछि पुल निर्माण भएसँगै बजार क्रमशः दक्षिणतिर बढेको उनको भनाइ छ। त्यही हिसाबले पनि अहिलेको बजारलाई भालुवाङको पुल्चोक भनेर चिनिने गरिने गरेको हो। 

विकासोन्मुख सहरका रूपमा रहेको भालुवाङवासीको माग भने लालपुर्जा हो। अहिले पनि भालुवाङवासीको हातमा लालपुर्जा छैन। उनीहरू राष्ट्रिय वनको जग्गामा बस्दै आएका छन्। गगनचुम्बी महल ठडिएका त्याे जमिन भने उनीहरुकाे ‘आफ्नै’ हाेइन।

उनीहरूको हातमा पुर्जा छैन। तर, ठुल्ठूला भवन बनेका छन। जग्गाको पुर्जा नहुँदा सरकारी कार्यालयदेखि बैंकहरूसमेत जान सकेका छैनन्। आफू बस्दै आएको जग्गाको पुर्जा प्राप्तिका लागि भालुवाङवासीले पटक–पटक आन्दोलन गर्ने गरे पनि अझै पाउन नसकेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी बताउँछन्। 

‘भालुवाङवासीको माग आफू बस्दै आएको जग्गाको पुर्जा पाउने थियो, तर प्रदेश सरकारले राजधानी ल्याउने निर्णय गरेको छ,’ गाउँपालिका प्रमुख सुवेदीले भने, ‘यो एकदम राम्रो निर्णय हो, जसले गर्दा भालुवाङवासीलाई उत्साहित बनाएको छ।’ 

दाङको पूर्वी नाकाका रूपमा रहेको राप्तीले प्रदेश राजधानी धान्न सक्ने समेत उनी बताउँछन्। 

‘यो ठाउँ सबै क्षेत्रलाई पायक पर्ने ठाउँ हो,’ उनले भने, ‘अर्घाखाँची र दाङ जोड्दा संरचनासमेत बनाउन मिल्ने जमिन छ। त्यस हिसावले पनि यो ठाउँ प्रदेश राजधानीका लागि उपयुक्त ठाउँ हो।’ 

प्रदेश ५ सरकारले आज दाङ राप्ती गाउँपालिका र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको क्षेत्रफललाई समेटेर प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरेसँगै चर्चामा आएको उनले बताए। 

दाङको सानो व्यापारिक केन्द्रका रूपमा रहेको भालुवाङको मुख्य माग भने आफू बस्दै आएको जग्गाको लालपुर्जा नै हो। राप्ती गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया भए पनि व्यापारिक केन्द्र भने भालुवाङ हो। राप्ती नदी किनारमा पर्ने भालुवाङ बजार अर्घाखाँची र प्युठान जिल्लासँग जोडिएको छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ