इन्डोस्कोपी गर्दा ‘कोमा’ मा पुगेका लाखाजुको निधन


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


एउटा अस्पतालको ‘लापरबाही’ले कोमामा पुगेका लक्ष्मीकुमार लाखाजुको निधन भएको छ। 

गत शुक्रबार बिहान इन्डोस्कोपी गर्न डा. इवामुरा अस्पताल पुगेका उनलाई त्यही अस्पतालले मृत घोषणा गरिदिएको थियो। परिवारको जोडबलले नर्भिक पु¥याइएका उनी कोमामै पुगेका थिए। 

इन्डोस्कोपी गर्दा डा. इवामुरा अस्पतालले गम्भिर लापरबाही गरेको भन्दै उनका परिवार र छिमेकीले बिहीबार अस्पताल घेराउ गरेर आन्दोलन गरेका थिए। त्यसपछि आफ्नो कमजोरी स्विकार्दै डा. इवामुरा अस्पतालले सबै उपचार खर्च बेहोर्ने सहमति गरेको थियो। 

तर, शुक्रबार उनको मृत्यु नै भयो। कोमामा गएको ७ दिनपछि उनलाई नर्भिकले नै शुक्रबार उनलाई मृत घोषणा गरिदिएको हो।

लक्ष्मीकुमार पेसाले सिकर्मी हुन्। भक्तपुर नगरपालिका–९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरबाटै उनको घरपरिवारको जीविका चल्दै आएको थियो। 

भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिँडेरै उनी डा.इवामुरा अस्पताल पुगेका थिए। 
घाँटीमा समस्या आएपछि अस्पताल पुगेका उनलाई अस्पतालले इन्डोस्कोपी गर्न भनेको थियो। त्यसपछि उनलाई अस्पतालले त्यहीँ मृत घोषणा गरिदियो। 

पछि परिवारले उनलाई नर्भिक पुर्‌याउँदा इन्डोस्कोपी गर्दा लापरबाही भएका कारण शरीरको भित्री भागमा गम्भिर असर परेको भन्दै कोमामै उपचार थालिएको थियो। 
 

र, याे पनि 

भक्तपुरको डा. इवामुरा अस्पतालले ज्यूदैँ मानिसलाई मृत घोषणा गरेपछि…

ज्यूदैँ व्यक्तिलाई मरेको घोषणा गर्ने अस्पतालको धम्की : तिमीहरू जे गर्न सक्छौ गर!

 

ज्युँदै मृत घोषणा गरिएका लक्ष्मीकुमारको सबै उपचार खर्च डा. इवामुरा अस्पतालले बेहोर्ने  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको