कम्युनिष्टहरूको एकता अहिलको आवश्यकता: अध्यक्ष प्रचण्ड


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताएका छन्। शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताएका हुन्।

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेकामा उनले जोड दिए। उनले भने, “हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए। उनले कम्युनिष्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरुले गरेको जनाउँदै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिएका छन्।

कम्युनिष्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, “सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिष्ट पार्टीभित्रबाट देखाप¥यो, त्यसलाई हामीले प्रतिगमन भन्यौँ, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढङ्गले सङ्घर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौँ र विद्रोह ग¥यौँ ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको पनि बताए। तराई, मधेसको सर्वमान्य नेताका रुपमा स्थापित हुँदै अघि बढेका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यसबेला पार्टीलाई ठूलो क्षति पुगेको उनले जानकारी दिए।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा उनको ठुलो योगदान सदा स्मरणीय रहने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु