जसपा केन्द्रीय समितिको पहिलो बैठकमै किन भयो विवाद?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – जनता समाजावदी पार्टी (जसपा) को पहिलो केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ। राजपा र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको १६ महिनापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेकको हो।

जसपाको केन्द्रीय समितिको पहिलो बैठकको पहिलो दिन मंगलबार विवाद भएको छ।

अध्यक्ष उपेन्द्र यादवलाई मञ्चमा बस्न अन्य नेताहरूभन्दा फरक सोफाको व्यवस्था गरिएको भन्दै बैठकमा विवाद भएको हो।

मञ्चमा आसिन अन्य नेताहरूभन्दा यादवका लागि फरक सोफाको व्यवस्था गरिएको भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए।

पार्टीको पहिलो वरियतामा रहेका भट्टराईलाई छेउमा बस्न लगाएर अध्यक्ष यादव आफू छुट्टै सोफामा (बीचमा) बसेको भन्दै उनका समर्थकहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए।

यादवको विरोधमा नाराबाजी गर्दै केन्द्रीय सदस्यहरू मञ्चतर्फ अगाडि बढ्न थालेपछि संघीय परिषद अध्यक्ष भट्टराईले हस्तक्षेप गरे। भट्टराईको हस्तक्षेपपछि केन्द्रीय सदस्यहरूको नाराबाजी रोकिएको थियो।

असमझदारीका कारण बैठकमा केहीबेर तनावको अवस्था बनेको एक केन्द्रीय सदस्यले बताए।

‘बाबुरामजी र उपेन्द्रजी बस्ने सोफाको रंग फरक परेर साथीहरूमा केही ‘मिसअन्डरस्ट्यान्डिङ’ भयो, कतिपयले आसन ग्रहण नगराइएको भन्दै असन्तुष्टि जनाउनुभयो,’ ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति बैठकमा आसन ग्रहण गराउने परम्परा नरहेको थाहा पाएपछि माहोल साम्य भयो।’

मंगलबारदेखि सुरू भएको जसपा केन्द्रीय समिति बैठकमा दुई प्रतिवेदन पेश भएको छ।

बैठकमा राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने मृगेन्द्रकुमार सिंह यादवको तर्फबाट सांगठनिक प्रतिवेदन पेश भएको छ।

दुवै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। दुवै प्रतिवेदन पारित गरेर बुधबार केन्द्रीय समिति बैठक सम्पन्न हुने नेताहरूले जनाएका छन्।

No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु