अमेरिका पठाइदिन्छु भन्दै साढे ११ लाख ठगी गर्ने पक्राउ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा – वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएर करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति झापाको अर्जुधाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ का लालबहादुर कार्की छन्।

उनलाई महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले अर्जुनधारा नगरपालिका-५ शान्तिचोकबाट पक्राउ गरेको हो। उनी सो क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए। कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका-५ हाङगुमका ध्रुवकुमार राईबाट साढे ११ लाख रुपैयाँ ठगी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कार्कीले भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाइदिन्छु भनेर उक्त रकम ठगेका थिए। अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने र त्यहाँ कोकाकोला कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलब दिने जागिर पाउने विश्वास दिलाएर कार्कीले राईलाई ठगी गरेका थिए।

कार्की रकम लिएपछि सम्पर्कविहीन भएको उजुरी राईले वैदेशिक रोजगार विभागमा दिएका थिए। सोही उजुरीका आधारमा कार्कीलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको थियो। महाशाखाले झापा प्रहरीसँग समन्वय गरी कार्कीको खोजी सुरु गरेको थियो। महाशाखाले कार्कीलाई कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’