काबुलबाट फर्केका नेपाली भन्छन्–गोला बारूद पड्किरहेको छ, लडाकू हतियार लिएर घुमिरहेका छन्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
कुवेत हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएपछि डोलबहादुर गुरुङले परिवारलाई फोन गरे। अफगानिस्तानलाई तालिबानले कब्जामा लिएको खबर सुनेपछि आत्तिइरहेको परिवार डोलबहादुर आइपुगेको खबर सुनेर खुसी भयो।

‘एयरपोर्ट झर्नेबित्तिकै फोन गरें, सकुशल आइपुगें भनेँ, खुसी भएका छन् परिवार,’ उनले भने।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काबुलको त्रासदीको समाचार, तस्बिर सार्वजनिक भइरहे पनि आफूहरुलाई भने त्यस्तो थाहा नभएको चितवन भरतपुरका मोहन गुरुङले बताए। ‘अमेरिकी एम्बेसीभित्र ड्युटी गर्ने भएकाले बाहिरको कुरा हामीलाई त्यति थाहा हुँदैन,’ उनले भने, ‘तालिबानहरु कब्जा गर्दै आएर राष्ट्रपति भवन पुगे, बाहिर गोलाबारुद पड्किरहे पनि हामीलाई केही गरेन, हतियार लिएर हिँडिरहेका छन्, खतरै भएर त हामीलाई पठाएको होला।’

उनले अमेरिकी दूतावासमा कार्यरत करिब ५ सय जना सबैको उद्धार भइसके पनि अरु निकाय तथा ठाउँतिर नेपाली हुनसक्ने बताए।
त्यस्तै, मंगलबार नै फर्किएका लालबहादुर गुरुङले आफूहरु सुरक्षित फर्कन पाउछु भन्नेमा भने विश्वस्त रहेको बताए। उनीहरु कार्यरत रहेको स्थान काबुलबाट हेलिकोप्टरबाट करिब ७ मिनेटमा पुगिने स्थानमा थियो। त्यहाँबाट काबुल विमानस्थल आएपछि आफूहरुलाई कतार ल्याइएको उनले बताए।

तर आफूहरु आउँदा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा देखिएजस्तो अनियन्त्रित भीड भने नभएको र अवस्था सामान्य रहेको उनले बताए।

अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत ३८५ नेपालीलाई उद्धार गरेर कतारको दोहा पुर्‍याएको थियो। उनीहरुमध्ये ११८ नेपाली र ९ भारतीय मंगलबार कुवेत हुँदै नेपाल फर्किएका हुन्। दोहामा रहेका अन्य नेपालीलाई पनि क्रमशस् नेपाल ल्याउने तयारी भइरहेको छ।

नेपाल फर्किएका उनीहरुलाई केही दिन क्वारेन्टिनमा राखेपछिमात्र घर फर्काइनेछ।

अफगानिस्तानमा तालिवान लडाकूको नियन्त्रण बढ्न सुरु भएयता १६४ नेपाली स्वेदश फर्किइसकेका छन्। १० दिनयता १६४ नेपाली स्वदेश फर्किएको अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक झंकनाथ ढकालले जानकारी दिएका छन्।

यसैबीच, अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन्। कन्सुलर सेवा विभागको वेबपोर्टलमा सोमबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरुलाई एकरदुई दिनमै स्वदेश फर्काउने सरकारको तयारी छ।

रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु