रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले बिहीबार अबुधाबीमा किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएर आइपिएल क्रिकेटकाे शीर्षस्थानमा उक्लेको छ।

कुल आठ टिमसम्मिलित प्रतियोगितामा मुम्बईको दुई जितबाट ४ अंक भएको छ।

यसै क्रममा मुम्बईका कप्तान रोहित शर्माले आइपिएल प्रतियोगितामा ५ हजार रन पनि पूरा गरे।

पञ्जाबले भने १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा आठ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।

उसका लागि वेस्ट इन्डिज ब्याट्सम्यान निकोलस पूरनले सर्वाधिक ४४ रन बनाए।

अन्य ब्याट्समानले खासै योगदान दिन सकेनन् र यो नै हारको कारण बन्यो। मुम्बईका लागि स्पिनर राहुल चहार, जसप्रित बुमराह र जेम्स प्याटिसनले समान दुई विकेट लिए।  

यसअघि टस हारेर पहिले निम्तो पाएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ बनायो र त्यसमा कप्तान रोहित को ७० रन सबैभन्दा ठूलो स्कोर रह्यो। उनले ४५ बलको सामना गरेर आठ चौका र तीन छक्का प्रहार गरे।

रोहित (तस्बिरमा ब्याटिङ गर्दै) आफ्नो इनिङ्समा २ रन बनाउने क्रममा ईपीएलमा ५ हजार रन बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन्। यसअघि विराट कोहली र सुरेश रैनाले यो उपलब्धि हात पारेका थिए।

मुम्बईका लागि किरोन पोलार्ड २० बलमा ४७ रन दिएर नटआउट रहे। अर्का नटआउट ब्याट्सम्यान हार्दिक पान्ड्यले ११ बलमा ३० रन जोडे। उनीहरूले इनिङसको अन्त्यतिर ६७ रनको आक्रामक साझेदारी गरे।

शुक्रबार  दुबईमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ।

 

र, याे पनि

काेलकाता जित्दा शाहरूख खानकाे मुहारमा चमक

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

शाहरुख खानको कोलकाता मुम्बईसँग पराजित

पन्जाबकाे ठूलाे स्काेर पन्छाउँदा राजस्थानकाे अभुतपूर्व जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको