अफगान फिल्म निर्मात्रीको भावुक पत्र: हाम्रो भविष्य अन्धकार हुँदैछ,‘प्लिज’ सहयोग गर्नुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानमा यस समय स्थिति निकै खराब छ। तालिबानले देशको राजधानी काबुलसहित अधिकांश क्षेत्रमा आफ्नो पकड जमाएको छ। मानिसहरु आफ्नो ज्यान बचाउने कोसिसमा देश छोड्न लागिपरेका छन्। जसको उदाहरण काबुल विमानस्थलमा उपस्थित भएका हजारौं नागरिकको भीडले देखाउँछ।

यसबीच, अफगानिस्तानकी एक प्रसिद्ध फिल्म निर्मात्री तथा अफगान फिल्म संगठनकी पहिलो महिला प्रमुख सारा करीमीले हालै एक खुला पत्र लेखेकी छन्। उनले जनातालाई मौनतालाई तोडेर अफगानिस्तानमा जारी हिंसाकाविरुद्ध एकजुट हुन आग्रह गरेकी छन्।

पत्रमा उनले तालिबानले अफगान मानिसहरुलाई मारिहेको र बालबालिकाको अपहरण गरिरहेको खुलाएकी छन्। साथै तालिबानीले महिलाको पहिरनलाई लिएर उनीहरुको हत्या गरिरहेका साराले बताएकी छन्।

करीमी लेख्छिन, ुउनीहरुले हाम्रो मनपर्ने हास्य कलाकारलाई यातना दिएर मारे, हाम्रो ऐतिहासिक कविलाई पनि मारे, उनीहरुले मिडिया र सरकारका मानिसहरुसँग जोडिएका मानिसलाईसमेत मारे।’ तालिबानीले कसरी अफगानिस्तानका सर्वसाधारणलाई निशाना बनाउँदै आफ्नो आतंक विस्तार गरिरहेको छ भन्ने कुरा साराले पत्रमा उल्लेख गरेकी छन्।

उनले अफगानिस्तानको परिस्थितिमा विश्व नै चुप लागेर बसेको देख्दा आश्चर्य प्रकट गरेकी छन्। साराको भावुक पत्रमा अगाडि लेखिएको छ, ‘काबुलमा यस्ता धेरै परिवार छन् जो मर्छु कि बाँच्छु भन्ने डरमा बाँचिरहेका छन्। उनीहरुका बच्चा दूध खान नपाएर मरिरहेका छन्। यो सबै गलत भइरहेको छ। तर, पनि सारा संसार चुप छ।’

साराले यसबारे सबैले मिलेर आवाज उठाउनु पर्ने बताइन्। फिल्मका लागि आफूले अफगानिस्तानमा गरेका सबै कार्य अब खतरामा रहेको उनले बताइन्। ‘मैले फिल्मका लागि गरेका सबै कार्य अब खतरामा छन्। तालिबानीले आफ्नो शासन यस देशमा जमाउने हो भने, कलाक्षेत्र समाप्त हुनेछ। मलगायत अन्य तालिबानको हिट लिस्टमा हुनेछौं।’, उनले लेखेकी छन्।

‘तालिबानी महिलाका सम्पूर्ण अधिकार खोस्नेछन्। हामीलाई अन्धकारमा धकेल्नेछन्। हाम्रो आवाजमाथि ताल्चा लाग्नेछ। केही साताअघिदेखि तालिबानले हाम्रा कैयन स्कुल विनाश गरेका छन्। करिब २० लाख महिलाहरुको भविष्य अब खतरामा छ। उनीहरुले स्कुलबाट बाहिर निस्कन बाध्य हुनुपरेको छ।’, साराले पत्रमा लेखेकी छन्।

उनले तालिबानको आतंकविरुद्ध आफू लड्न तयार रहेको तर, यसका लागि एक्लै सम्भव नभएकाले सबैको साथ आवश्यक रहेको बताएकी छन्। ‘यो विश्व समुदाय किन चुप छ मलाई थाहा छैन। तर, म मेरो देशका लागि लड्ने छु। म यो कठिन कार्य एक्लै गर्न सक्दैन त्यसको लागि तपाईंहरुको साथ चाहिन्छ। कृपया हाम्रो मद्दत गर्नुहोस्’, विश्व समुदायलाई आग्रह गर्दै उनले भनिन्, ‘अफगानिस्तानका महिला, बालबालिका, कलाकारलाई तपाईंहरुको समर्थन आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु