ग्लोबल आइएमई बैंकको नायब सिइओमा रेग्मी नियुक्त, आजबाट कार्यभार सम्हाले


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। उनले आज मंगलबारबाट कार्यभार सम्हालेका छन्।

बैंक सञ्चालक समितिको साउन २९ को निर्णयअनुसार रेग्मीलाई भदौ बाट लागू हुने गरी नायब सिइओमा बढुवा गरिएको हो।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल बैंक प्रवेश गरेका थिए।

रेग्मी अहिले ग्लोबलको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गरिरहेका छन्। उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबिए गरेका थिए।

बैंकिङ क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल रहेको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’