राजा ज्ञानेन्द्र! सक्नुहुन्छ भने सक्रिय भएर आउनुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तपाईं युट्युबको दर्शक हो भने, यस ‘भर्चुअल प्लेटफर्म’ मा कराउने, कोलाहल मच्चाउने २०-२५ अनुहारबाट परिचित हुनुहुन्छ होला। मुकुन्देको नयाँ संस्करणका रूपमा स्थापित हुँदै गइरहेका यी अनुहारमा केही परिचित, केही मित्रवर्ग पनि रहेको देख्दा कताकता लज्जासँगै र गर्वानुभूति हुन्छ। लज्जा स्वयंका लागि, गर्व मित्रपंक्तिका लागि।

एकजना युट्युबर भाइ भन्दै थिए – ‘मेरो त व्यवसाय हो, युट्युबमा यस्तै उट्पट्याङ हावादारी ‘कन्टेट’ बिक्छ। ५ -६ महिनामै हाम्रो ‘भ्युअर’ लाख नाघिसकेका छन्। राम्रै कमाइ भइरहेको छ। मार्ने, काट्ने, रगत उमाल्ने, भद्रगोल, भताभुङ्ग र ‘इमोसनल इडियटनेस’ जस्ता कुरा हाम्रा लागि ‘हट केक’ हुन्। जे बिक्छ, त्यै बेच्ने हो।’

युट्युब र सामाजिक सञ्जालमा उनको छवि राष्ट्र र राष्ट्रियताको पक्षमा लडिरहेको योद्धाका रुपमा स्थापित हुँदै गइरहेको छ। यस्ता कति युट्युबे योद्धा छन् त्यसको यथेष्ट जानकारी मसँग छैन। एमसिसी, हिन्दू धर्म, राजा बहाली यिनीहरूका स्थायी मुद्दा हुनुका साथै देशमा देखा परेको सानोभन्दा सानो जुनसुकै कुरा अथवा गतिविधिलाई अशिष्ट, अभद्र, उच्छृङ्खल, अमर्यादित ढंगले उत्तेजक बनाइ प्रस्तुत गर्न तत्पर रहन्छन् यी युट्युबेहरु।

केही दिन पहिला पूर्वराजा ज्ञानेन्द्रका सुपुत्र पारसले हेलमेट नलगाइ मोटरसाइकल चलाएको प्रकरण आयो। जस्तोसुकैका लागि पनि पारसको यो करतुत निन्दनीय थियो। तर, युट्युबे योद्धाहरुले प्रस्तुत गरेको सामाग्रीबाट थाहा हुन आयो- ‘श्रीपेच लाउने टाउकोले हेलमेट लाउँदैन, उनले चढ़ने बाइक चलाउँदा अमेरिकामा हेलमेट लाउनु पर्दैन, नेताका पुत्रहरुले यहाँ जथाभावी गर्न हुने, पारसले हेलमेट नलाउँदैमा बदनाम गर्ने!’

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता कहलाउन मन पराउने एकजना स्वनामधन्य महानुभावले आफूले पटक-पटक पारसलाई विभिन्न घटनाबाट जोगाएको रहस्योद्घाटन गरे। पारसले राजा नहुने भनिसक्नु भएको छ। पारससँग हुने विभिन्न घटनामा ऊनी छेउछाउ हुनु फगत संयोग हो कि अरु के हो यो उहाँ नै जानुन्।

शेरबहादुरजीको प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि राजवादीहरुको अनुहार र बोलीमा हिमपात भएको थियो। तर, अचानक पूर्वपत्रकार तथा अहिलेका राजनीतिकर्मी रविन्द्र मिश्रले वैकल्पिक राजनीतिको मुद्दा उठाइदिएर यिनीहरुको अनुहारमा पुनः लालिमा आएको छ। ओझेलमा परेका रविन्द्र पनि अहिले चर्चामा आएका छन्।

देशमा आफूलाई राजावादी भनाउनेहरुका आ-आफ्ना पकेटका अनेकौ संगठन छन्। कसैका पछाडि २-४ जनादेखि लिएर कसैसँग २०-३० जनाको झुण्डसम्म रहेको छ। कोही सांस्कृतिक राजाको कुरा गर्छन, कोही संवैधानिक राजाको। कसैकसैले २०४७ को संविधान झै राजाको उपस्थिति अपरिहार्य देख्छन् र कोही स्पष्टसँग बोल्ने सामान्य हैसियतसम्म नभएकोले ‘कुनै न कुनै भूमिकामा राजा हुनुपर्छ’ भन्ने माग गर्छन। कोही ज्ञानेन्द्रले दरबारमा आफ्नो भूमिका बढाउन भन्ने उद्देश्यले बार्गेनिङको शैलीमा ‘बेबी किंग’ को प्रसंग उचाल्छन्। केही पनि नजान्ने भातमाराहरुले ‘राजा होइन, राजसंस्था हुनुपर्छ’ भन्ने गीत गाउँछन्। मानौ राजा र राजसंस्था फरक-फरक कुरा हुन्।

पूर्वराजा ज्ञानेन्द्रलाई ‘आफ्ना यी नन्दी-भृङ्गीको कोलाहल सुन्दा कस्तो भाव जाग्रित हुन्छ होला? जान्ने बडो अभिलाषा हुन्छ। तर म नै गलत छु, मेरो यो अभिलाषा अप्राकृतिक छ। किनकि, ज्ञानेन्द्र व्यक्ति होइनन्, उहाँ त संस्था हो। संस्था निर्जीव, निस्पन्द, भावरहित ‘ननलिभिङ एलिमेन्ट’ हो। अहिलेको कोरोना भाइरस जस्तै … ‘होस्ट’ कोशिका नपाएसम्म कोरोना तातो भुत्लो केही पनि होइन। तर, ‘एपिथिलियल’ कोशिकामा एकपटक पुगेपछि यसले गर्ने उपद्रोबारे अब कोही पनि अनभिज्ञ छैन।

‘बेबी किङ्ग’ पूर्व राजा ज्ञानेन्द्रले स्वीकार गर्नु भनेको त्यै हो जुन यहाँ उल्लेख गर्न सुहाउँदैन। तर, तपाईंहरुले जे बुझ्नु भयो त्यो ठीकै हो। ज्ञानेन्द्रबाट यस कुराको अपेक्षा राख्नु मूर्खताबाहेक केही हुन सक्दैन। सांस्कृतिक राजा हुँदा उहाँले त मुलुकबाट केही पाउनु होला तर, मुलुकले यसबापत उहाँबाट के नै पाउन सक्छ? यस्तो बकवास कुराको वकालत गर्नेहरु पनि अब्बल दर्जाकै मुर्ख पङ्तिमा पर्छन्।

२०४७ को संविधान अथवा संवैधानिक राजामा उहाँको प्रतिस्थापन हुँदा के नै तात्विक भिन्नता आउँछ देशमा? संवैधानिक राजा कार्यकारी प्रमुखको सिफारिस मान्न बाध्य नै हुन्छ। केही दिन संवैधानिक राजाको स्वाद चाखेपछि ‘धत् यो त नङ र दाह्रा नभएको चिडियाखानाको बाघ’ जस्तै हो भनी ज्ञानेन्द्र आफैं प्रधानमन्त्री पनि हुन आए?

ल ‘नेम एन्ड फेम’ का लागि उहाँले संवैधानिक राजा पद स्वीकार गरे पनि मुलुकमा के परिवर्तन हुन्छ? के देश २०१९ सालको राजा झैं (२०१७ सालमा व्यवस्था राजाले लिए पनि संविधान २०१९ सालमा) ज्ञानेन्द्रलाई स्वीकार गर्छ? के ज्ञानेन्द्रमा त्यो ल्याकत छ? राजावादीहरुले सोच्नु पर्ने हो। अन्य राजावादीहरुको यस विषयमा के धारणा छ त्यसबारे त थाहा छैन तर, एकजना राजावादीले व्यक्तिगत रुपमा भेट हुँदा ‘हामी २०१९ सालको राजाका लागि लागिपरेको’ बताउनु भयो।

सबै किसिमका राजनीतिक दर्शन बुझिसकेर राजावादी बन्नुभएका प्रखर पत्रकारका उक्त कुरा सुन्दा फन्टुस, बाहियात, बकम्फूसे लागे पनि यथार्थ यही हो। यसभन्दा कमसल भूमिकामा राजतन्त्रको बहाली भए त्यसको कुनै अर्थ हुन्न। ज्ञानेन्द्रका लागि हुनसक्छ तर, सक्रिय राजतन्त्रबाहेकको राजा र राजतन्त्रको कुनै प्रभावकारी भूमिका हुन सक्दैन देशको राजनीतिक धरातलमा।

के सामान्य बुद्धि-विवेक भएको कुनै आम नेपालीले सक्रिय राजाका बारेमा कल्पना गर्नसक्छ? हो, युट्युबमा अनुहार देखाएर बोल्न पाएको उपलक्ष्यमा राजा र राजतन्त्रबारे चर्का कुरा गर्ने लेखको पहिलो प्याराग्राफमा वर्णित २०-२५ जनाबाहेक अन्य सबैका लागि राजाको प्रसङ्ग र चर्चा ‘दिल बहलानेका खयाल अच्छा है’ सरह मात्रै हो। ज्ञानेन्द्र शाहको अस्तित्व रहेसम्म बेलामौका यस्ता हावा चलिरहन्छन्।

ज्ञानेन्द्र शाहसँग प्रत्यक्ष भेट हुने हो भने म त यही सुझाव दिने थिएँ – राजन, सक्रिय भूमिकाभन्दा अन्य कुनै पनि भूमिकामा नभित्रिनु होला र बर्खामा च्याउसरह उम्रेका यी युट्युबे वीरहरुका चिच्याहटबाट यस्तो हुनसक्ने स्वप्न पनि नदेखि बक्सिनुहोला।

बागमती फर्केर मूलमा पुग्नुको त कुरै छाडौं, बागमतीलाई स्वच्छ र सफा बनाउन पनि देश र समाज नै उल्टिनु पर्छ। कुनै सानो समूहको प्रयासले यो सम्भव छैन। देशको राजनीतिको मूल प्रवाह बागमतीभन्दा धेरै विशाल र धेरै गुणा प्रदूषित भइसकेको छ। राजनीतिक दलमा मात्रै होइन टोलटोलमै विदेशी नियोग र संस्थाबाट हुन्डी थापी तिनका एजेन्डामा परिचालित हुनेको उपस्थिति छ। राज्यको पहिलो, दोस्रो, तेस्रो र चौथो अंगमा मात्रै होइन अंग प्रत्यङगमै निको नहुने क्यान्सर फैलिसकेको छ। ठूलै र अत्यन्त जोखिमपूर्ण शल्यक्रिया नभएसम्म आशा गर्ने कुनै ‘स्पेस’ छैन। यस्तो जोखिमपूर्ण शल्यक्रिया गर्ने दक्ष एवं महत्वाकांक्षी कोही निस्केला अथवा यसको प्रतिक्षामा नै आमनेपालीको जीवन व्यतित हुने हो केही भन्न सकिने अवस्था कम्तीमा अहिलेसम्म त छैन। भविष्यका बारेमा राष्ट्रदेव पशुपतिनाथलाई नै थाहा होला।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु