दोस्रो टेस्टमा घरेलु टोली इंग्ल्याण्ड भारतसँग १५१ रनले पराजित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट भारतले जितेको छ। भारतले घरेलु टोली इंग्ल्याण्डलाई १५१ रनले पराजित गरेको हो। पाँच टेस्टको सिरिजमा पहिलो खेल बराबरीमा सकिएको थियो। दोस्रोमा सानदार जित निकाल्दै भारत १-० ले अघि बढेको छ।

भारतले इंग्ल्याण्डलाई जितका लागि २७२ रनको लक्ष्य दिएको थियो। तर, पाँचौ दिनको खेल सकिनुअघि नै इंग्ल्याण्ड १२० रनको झिनो योगफलमा समेटियो। पहिलो पारीमा उत्कृष्ट प्रदर्शन गर्दै ३९१ रन जोडेको इंग्ल्याण्डका कुनै पनि खेलाडीले दोस्रो पारीमा सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

पहिलो पारीमा अविजित १८० रन बनाएका कप्तान रुटले दोस्रो पारीमा ३३ रन मात्र बनाउन सके। यस्तै जोस बटबलले २५ र मोइन अलीले १३ रन बनाउनुबाहेक इंग्ल्याण्डका अन्य खेलाडीले दोस्रो पारीमा दोहोरो अंकसमेत जोड्न सकेनन्। पहिलो पारीमा भने बेयरोस्टोले ५७ रन बनाउँदा रोरी बर्नसले ४९ रन बनाएका थिए।

यता, टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको १२९ रनको मद्दतमा ३६४ रन बनाएको थियो। इंग्ल्याण्डका जेम्स एन्डरसनले पाँच विकेट लिएका थिए। दोस्रो पारीमा भारतका अजिन्क्या रहाणेले ६१, मोहम्मद समीले अविजित ५६, चेतेश्वर पुजाराले ४५ र जसप्रित बुमराहले ३४ रन बनाउँदै इंग्ल्याण्डलाई जितका लागि २७२ रनको लक्ष्य दिएका थिए। इंग्ल्याण्डका मार्क उडले ३ विकेट लिएका थिए।

तेस्रो टेस्ट आगामी २५ तारिखमा हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु