भक्तपुरका दुई पत्रकार सम्मानित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर–भक्तपुरका दुई पुराना पत्रकार सम्मानित भएका छन्। स्वतन्त्र पत्रकार संघ भक्तपुरले सोमबार आयोजित कार्यक्रममा पत्रकारद्वय डा इन्दुल केसी र कृष्ण प्रजापतिलाई सम्मान गरेको हो।

डा केसी २०१५ सालदेखि तत्कालीन नेपाल सम्वाद समिति (हालको राष्ट्रिय समाचार समिति) मा आवद्ध भइ पत्रकारिता गरेका पत्रकार हुन्।

स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्ष भई संस्थालाई अगाडि वढाउन विशेष कार्य गरेबापत उनलाई सम्मान गरिएको हो। दुई वर्षे कार्यकालमा पत्रकारितासम्वन्धी विविध कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा सम्मानस्वरुप उनलाई सम्मान गरिएको जनाइएको छ। अर्का सम्मानित पत्रकार प्रजापति पनि दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील छन्। प्रजापति विशेष गरेर नेपाल भाषाको पत्रकारितामा सक्रिय छन्।

स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष केवी सम्राटले उनीहरुलाई सम्मानपत्र प्रदान गरे। कार्यक्रममा उनले ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ नाराका साथ स्वतन्त्र पत्रकार संघ क्रियाशील रहेको बताए । संघको आगामी राष्ट्रिय अधिवेशन भदौ १८ र १९ गते हुने भएको पनि उनले जनाए।

कार्यक्रममा पत्रकार कृष्ण किसी, डा राजेन्द्र कोजू, सिमान्त शिल्पकार, छन्दविक्रम निरौलालगायतले सम्मानित पत्रकारहरुलाई बधाइ दिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारलाई बजेट खर्च गर्ने बाटो खुला

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोटमा पर्न सफल भएको छ। सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा

सोह्र श्राद्ध सुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको

साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित