१० दिनयता अफगानिस्तानबाट फर्किए १६४ नेपाली

अफगानिस्तानबाट नेपाली फिर्ता ल्याउने कार्य सुरूः परराष्ट्र


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
अफगानिस्तानमा तालिवान लडाकूको नियन्त्रण बढ्न सुरु भएयता १६४ नेपाली स्वेदश फर्किएका छन्। १० दिनयता १६४ नेपाली स्वदेश फर्किएको अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक झंकनाथ ढकालले जानकारी दिए।

उनका अनुसार अगष्ट ५ देखि १५ सम्म १६४ नेपाली त्रिभुवन विमानस्थलमा ओर्लिएका छन्। तालिवानले अफगानिस्तानलाई पूर्ण रुपमा नियन्त्रणमा लिएपछि कठिनाइमा परेका नेपालीलाई उद्धार गरेर नेपाल फर्काउन आवश्यक प्रक्रिया सुरू भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तानबाट नेपालीलाई उद्धार गरेर सुरक्षित नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरू भइसकेको बताएकी छिन्।

‘डेटाबेस लिँदै छौं। उहाँहरू जहाँ कार्यरत हुनुहुन्छ तत् निकायमा लिखित र मौखिक रूपमा हाम्रो अनुरोध पुगिसकेको छ,’ आयोमेलसँग लम्सालले भनिन्,‘केही फर्कने क्रममा हुनुहन्छ। त्यहाँबाट हिँड्ने क्रम सुरू भएको छ।’

लम्सालका अनुसार नेपालीहरू काम गर्ने युएन एजेन्सीलगायत विभिन्न कम्पनीसँग सम्पर्क गरेर सकुशल उद्धार गरेर स्वदेश ल्याउने काम सुरू भइसकेको छ।

धेरै विकल्पमा काम सुरू गरिएकाले सकारात्मक परिणाम आउनेमा आफूहरू आशावादी रहेको उनले बताइन्।

कतिपय श्रम स्वीकृति लिएर र कतिपय अन्य तरिकाबाट अफगानिस्तान पुगेको हुनसक्ने भएकाले त्यसको तथ्यांक लिने कार्य भइरहेको लम्सालले जानकारी दिएकी छिन्।

‘श्रम स्वीकृति लिएर जाने मान्छे एकथरि हुनुहुन्छ, अर्कोथरि चाहिँ आफैं कुनै अप्ठ्यारो वा परिबन्धमा परेर त्यहाँ पुग्नु भएको छ,’ उनले भनिन्,‘त्यहाँ रहनुभएका नेपालीहरूको संख्या यकिन गर्न डेटाबेस तयार पारिएको छ।’

अफगानिस्तानमा रहेका नेपालीको संख्या यकिन गर्न परराष्ट्र मन्त्रालयले अनलाइन दर्ता प्रक्रिया सुरू गरेको छ। आइतबारदेखि सुरू गरिएको अनलाइन दर्तामा सोमबार साँझ ६ बजेसम्म १३४ जना नेपालीले नाम दर्ता गराएका छन्।

‘डेटाबेसमा अहिलेसम्म १३४ जनाले नाम दर्ता भएको अवस्था छ,’ उनले भनिन्,‘२४ घण्टा नबित्दै यति संख्यामा नेपालीहरूले अनलाइन फर्म भर्नु भएको छ। यो संख्या थपिनसक्छ।’

त्यहाँ रहेका नेपालीहरूको संख्या यकिन भइसकेपछि सकुशल उद्धारका लागि आवश्यक निर्णय लिने उनले बताइन्। लम्सालका अनुसार पछिल्लो तथ्यांकअनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिकको संख्या १ हजार ५ सयभन्दा बढी देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप