टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट प्रसारण हुने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-


नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ। भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन लागेको हो।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो हुन लागेको हो। भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजनमा प्रशारण हुने छ।

डिजिटल पेमेन्टको क्षेत्रमा दरिलो बजार हिस्सा ओगट्न सफल कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँबराबरको छात्रवृृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

प्रमुख विजेताले सतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन्। विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधारमा गरिने छ। प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहनेछन्।

डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट शो बलियो आधार हुने बताए। टि सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा हुन गइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने पाण्डेको भनाइ छ।

‘यो ट्यालेन्ट हन्टमा विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च छ किनभने यसको नारा पनि ‘टिकेट टु बलिउड’ रहेको छ,’ पाण्डेले भने, ‘त्यसकारण जितहार ठूलो कुरा होइन। आफ्नो ठाउँमा भएको र आफ्नो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु धेरै ठूलो कुरा हो। यस्तो स्तरीय कार्यक्रममा प्रयोजन गरी सहभागी हुन पाउँदा हामी औधी खुसी छौं।’

पाण्डेका अनुसार यो प्रतियोगिता सबै डिजिटल (अनलाइन) माध्यमबाट हुनेछ। प्रतियोगीले आफ्ना प्रतिभाको भिडियो आफैं तयार गरेर पठाउनुपर्ने छ भने निर्णायकले पनि अनलाइनबाटै मूल्यांकन गरी विजेता छनोट गर्नेछन्। कोरोना भाइरस महामारीका बेला यसबाट स्वास्थ्य मापदण्ड पनि पालना हुनेछ।

त्यसैगरी काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखार्न काइजेन इन्कमा सम्पर्क गरी टि सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने जानकारी दिइन्।

‘आफूभित्र रहेको गायन, अभिनय र नृत्य प्रतिभालाई लुकाएर नबस्नुस्, हामीसँग जोडिनुहोस्,’ मानन्धरले भनिन्, ‘भोलि तपाईंका लागि बलिउडको ढोका नखुल्ला भन्न सकिन्नँ। मिहिनेत गरौं, परिश्रमको फल अवश्य पाइने छ।’

आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउनेछन्। रियालिटी ट्यालेन्ट हन्ट नेपालकै दोस्रो स्याटेलाइट एचडी च्यानल नाइस टेलिभिजन एचडीमार्फत साताका दुई दिन शुक्रबार र शनिबार राति ८ः४५ बजे प्रशारण हुनेछ। सेमिफाइनल र ग्रान्ड फिनाले शनिवार प्रशारण गरिने आयोजकले जनाएको छ।

सेलेब्रिटी गेस्ट जज

आयोजकका अनुसार प्रत्येक राउन्डमा तीन विधा हुने र हरेक राउन्डमा विभिन्न सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन्। प्रत्येक विधामा १४ विशिष्ट सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन्। आयोजकले जजहरूको समूहलाई ‘टिम अफ मेगा जजेज’ नाम दिएको छ।

विशिष्ट सेलेब्रिटी जजहरूलाई यो प्रतियोगितामा संलग्न गराउन पाउँदा भिन्नैखालको सम्मान र गौरव महसुस भएको आयोजकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको