काेलकाता जित्दा शाहरूख खानकाे मुहारमा चमक


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


ट्वान्टी ट्वान्टी क्रिकेटलाई ब्याट्सम्यानको खेल भनिन्छ, यसमा बलर बिरलै हाबी हुने गर्छ। तर इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबारको खेल अपवाद रह्यो।

दुबईमा भएकाे खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले हरायो।

दुवै टिमले चुस्त बलिङ गरे र यो नै खेलको सबैभन्दा ठूलो विशेषता रह्यो।

सायद कोलकाताको बलिङ अझ बढी परिस्कृत रह्यो, त्यसैले १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

विजयी टिमका लागि शिभम माभीले २० रन खर्चेर दुई विकेट लिए। यस्तै दुई विकेट लिएका कमलेश नगरकोटीले १३ रन मात्र दिए। वरुण चक्रवर्तीले पनि दुई विकेट लिए।

कप्तान स्टिभ स्मिथ तीन रन बनाएर आउट भए।  त्यसपछि राजस्थानले सस्तोमा विकेट गुमाउन सुरु गरेको थियो।

टाेलीका लागि इंग्लिस खेलाडी टम कुरानले बनाएको ६४ रन नै सर्वाधिक ठूलो रह्यो। यस्तै जस बटलरले २१ रन बनाए।

राहुल टेवाटियाले १४ रनको योगदान दिए । कोलकाताको यो दोस्रो जित हो।

यसअगाडि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो। यो स्कोर प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलको प्रदर्शनमा टिकेको थियो। उनले ३४ बलमा ४७ रन बनाए ।

यसमा पाँच चौका र एक छक्का सामेल थियो।

इंग्लिस ब्याट्सम्यान इयाेन मोर्गन २३ बलमा ३४ रन बनाएर नटआउट रहे । राजस्थानका बलरमध्ये जोफ्रा आर्चरले १८ बलमा सटिक बलिङ गर्दै दुई विकेट लिए।

बलिउड नायक शाहरूख खानकाे टाेली काेलकाताकाे याे तेस्राे खेलमा दाेस्राे जित हाे।

बिहीबार अबुधाबीमा किंग्स इलेभेन पन्जाबले साबिक विजेता मुम्बई इन्डियन्सिविरुद्ध खेल्नेछ।

काेलकाताका ओपनर शुभमन गिल र सुनिल नारायणले पहिलाे विकेटमा ३६ रनकाे साझेदारी गरेका थिए।   तस्बिर : बिसिसिआई

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार काेलकाता र राजस्थानकाे खेल हुँदा दृश्य । तस्बिर : बिसिसिआई

 

र, याे पनि आइपिएल

शीर्ष स्थानकाे दिल्लीमाथि पुछारकाे हैदराबाद हाबी

पन्जाबकाे ठूलाे स्काेर पन्छाउँदा राजस्थानकाे अभुतपूर्व जित

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

शाहरुख खानको कोलकाता मुम्बईसँग पराजित

धोनीको चेन्नईमाथि राजस्थानको राज


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको