शीर्ष स्थानकाे दिल्लीमाथि पुछारकाे हैदराबाद हाबी


विचार
आयोमेल संवाददाता
नेपाली सेनाकाे काेषमा ५९ अर्ब ९५ करोड ८०…

कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब

आयोमेल संवाददाता
कोरोना भाइरस दक्षिणपूर्वी एशिया : सबैभन्दा धेरै मृत्युदर…

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा

आयोमेल संवाददाता
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा


इन्डियन प्रिमियर लिग २०२० को बुधबार भएको खेलमा मैदानमा उत्रेका टिम  दुई फरक दिशाका थिए, तर जित पुछारकै टिमको भयो। अबुधाबीमा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले हरायो।

यो नतिजापछि हैदरावादले लगातार हारको क्रमलाई रोकेर पहिलो जित आत्मसात् गर्‍यो। सुरुआती लगातार दुई खेल जितेको दिल्लीले भने पहिलो हारको सामना गर्‍यो। अब प्रतियोगितामा सम्मिलित सबै आठ टिमले कम्तीमा एक जित र एक हार बेहोरेका छन्।

दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो र त्यस अनुसार हैदरावादले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनायो। वार्नरले पहिलो विकेटका लागि जोनी बियरेस्टोसँग मिलेर ७७ रनको साझेदारी गरे ।

वार्नरले ४५ र बियरेस्टोले ५३ रन बनाए। यस्तै इनिङ्सकाे अन्त्यतिर केन विलियम्सनले ४१ रन बनाए। तर हैदरावादले यसक्रममा ठोस स्कोर भने खडा गर्न सकेन। जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १ सय ४७ रन बनायो।

दिल्लीले पनि खुलेर रन बनाउन संघर्ष गरेको थियो। उसका लागि शिखर धवनले बनाएको ३४ रन नै सर्वाधिक रह्यो।

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले फेरि एकपल्ट नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतारेनन्। उनी वेञ्चमै रहे। 

 

र, याे पनि आइपिएल

 

सुपर ओभरमा बेंग्लोरको रोमाञ्चक जित, काेहलीकाे चाैका

पन्जाबकाे ठूलाे स्काेर पन्छाउँदा राजस्थानकाे अभुतपूर्व जित

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

शाहरुख खानको कोलकाता मुम्बईसँग पराजित

धोनीको चेन्नईमाथि राजस्थानको राज

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित

विश्वकै धनी क्रिकेट लिग आजदेखि, नेपालीकाे ध्यान दिल्ली क्यापिटल्सतिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली सेनाकाे काेषमा ५९ अर्ब ९५ करोड ८० लाख

कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात

कोरोना भाइरस दक्षिणपूर्वी एशिया : सबैभन्दा धेरै मृत्युदर म्यानमारमा

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति

प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस अवधिमा एक हजार १०४ जनामा

दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा ३५ वर्षीय जयसिंह