पन्जाबकाे ठूलाे स्काेर पन्छाउँदा राजस्थानकाे अभुतपूर्व जित


विचार
आयोमेल संवाददाता
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा

आयोमेल संवाददाता
दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा

आयोमेल संवाददाता
कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि…

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड


इन्डियन प्रिमियर लिग २०२० मा यसपल्ट जसले पहिले ब्याटिङ गर्‍यो, उसकै जित्ने प्रवृत्ति देखिएको छ। तर राजस्थान रोयल्सले

आइतबार किंग्स इलेभेन पञ्जावविरुद्धको खेलमा त्यसलाई गलत सावित गर्दै सारजहामा अभुतपूर्व चार विकेटको जित निकालेको छ।

राजस्थानले जितका लागि पाएको २ सय २४ रनलाई सफलतापूर्वक पछ्याएको थियो।

प्रतियोगिताको इतिहासमा यूएई भूमिमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर खडा गर्नेक्रममा राजस्थान राेयल्सले १९.३ ओभरमा ६ विकेट गुमाएर २ सय २६ रन बनायो ।

राहुल टेवाटियाले १८ औं ओभरमा सेल्ड्रन कोट्रेलको बलिङमा पाँच छक्का प्रहार गर्दै जितको आधार तयार पारे । उनले ३१ बलमा ५३ रन बनाए र यसक्रममा सात छक्का प्रहार गर्न सफल रहे ।

यस्तै सन्जु सामसनले ८५ रन बनाए । उनले ४२ बलको सामना गरेर चार चौका र सात छक्का प्रहार गरे । कप्तान स्टिभ स्मिथले २७ बलमा ५० रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको पञ्जाबले फेरि एकपल्ट बलियो सुरुआत भने लिएको थियो र त्यसमै टिकेर २० ओभरमा दुई विकेट मात्र गुमाएर २ सय २३ रन बनायो।

प्रारम्भिक ब्याटिङ जोडी कप्तान केएल राहुल र माय‌ंक अग्रवाल (तल तस्बिरमा) ले पहिलो विकेटका लागि १ सय ८३ रनको साझेदारी गरे। त्यसमा माय‌ंकले ५० बलमा १ सय ६ रन बनाए।

माय‌ंकले १० चौका र सात छक्का प्रहार गरे। राहुलले भने ६९ रनको योगदान दिए र त्यसका लागि खालि ५४ बलको मात्र उपयोग गरे । उनले सात चौका र एक छक्का प्रहार गरे।

शारजहाँमा आइतबारकाे खेलमा २९ छक्का र ३४ चौका बर्सिएको थियाे। त्यसमा पन्जाबको इनिङसमा ११ छक्का र २० चौका  तथा राजस्थानमा १८ छक्का र १४ चौका सामेल थियो।

सोमबार रोयल च्यालेन्जर्स बेंग्लोर र साबिक विजेता मुम्बई इन्डियन्सबीच दुबईमा प्रतिस्पर्धा हुनेछ ।

 

र, याे पनि आइपिएल

राजस्थानसामु पन्जाबले तेर्स्यायाे २ सय २४ रनकाे लक्ष्य

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

धोनीको चेन्नईमाथि राजस्थानको राज

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस अवधिमा एक हजार १०४ जनामा

दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा ३५ वर्षीय जयसिंह

कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि रोगको डर

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड अझै बढेको छ। स्वास्थ्य अधिकारीले पनि खोप केन्द्रमा भएका अव्यवस्थाले

यी हुन् मदन पुरस्कारका लागि छानिएका उत्कृष्ट ९ पुस्तक

यसपटक एकलव्यको देब्रे हात, ‍करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज छनोट भएका हुन्।