क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको विवाद समाधान गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

दिउँसो २ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा क्रियाशील विवाद टुंग्याउन शीर्ष नेताहरू छलफल गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार विवाद टुंग्याउन सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता मिनेन्द्र रिजाल, छानबिन समितिका संयोजक रमेश लेखकलगायतका नेताहरूबीच छलफल हुनेछ।

क्रियाशील छानबिन समितिले पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमाथि संस्थापनइतर समूहले असहमति जनाएको छ।

विवाद समाधान गर्न सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिइएको थियो।

विवाद मिलाउन दिइएको पाँच दिनको समय मंगलबार सकिएको छ।

पौडेल समूहको मंगलबार बसेको बैठकले प्रक्रिया नै नपुर्याएकालाई पनि क्रियाशील सदस्यता वितरण गरिएको भन्दै निश्चित मापदण्ड बनाएर छानबिन गर्न सुझाव दिएको थियो।

क्रियाशील छानबिन समितिका संयोजक लेखकले साउन १२ गते सभापति देउवालाई प्रतिवेदन बुझाएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोटमा पर्न सफल भएको छ। सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा

सोह्र श्राद्ध सुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको

साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित

काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार