अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान मोहम्मदीको घर नजिकै कार बम बिस्फोट गराउँदै अन्दाधुन्द गोली चलाएका थिए। सो आक्रमणमा परी चारजनाले ज्यान गुमाए भने ११ जना घाइते भएका छन्।

आक्रमणका समयमा भने रक्षामन्त्री मोहम्मदी घरमा थिएनन्। उनको परिवारलाई भने सुरक्षाकर्मीले सुरक्षितसाथ बाहिर निकालेको थियो।

सुरक्षाकर्मीको जवाफी कारबाहीमा परी चारजना आक्रमणकारीको पनि मृत्यु भएको अफगानिस्तानको सुरक्षा स्रोतले जनाएको छ।

अफगानिस्तानका मुख्य सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्कालै हिंसा अन्त्य गर्न दुवै पक्षलाई आह्वान पनि गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे