मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडाैं
सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो। विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो। देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो । आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ।

यस्तै, कोरोनाविरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १६५ मिलियन अमेरिकीडलर (करिब रु १९ अर्ब ५८ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यसैगरी, गत वैशाख १६ गतेदेखि निषेधाज्ञा अवधिभर व्यक्तिगत घटना दर्तामा लाग्ने विलम्ब शुल्क मिनाहा गर्ने निर्णय भएको छ । निषेधाज्ञाका कारण व्यक्तिगत घटना दर्ता हुन पाएको थिएन । सोही कारण स्थानीय निकायले विलम्ब शुल्क लिन थालेका थिए । सरकारको निर्णयपछि कुनै पनि विलम्ब शुल्क लिन नपाइने भएको छ ।

विभूषण समितिको सदस्यमा प्रा भूषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनदास श्रेष्ठ, कुशप्रसाद मल्ली, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई नियुक्त गरिएको छ । राष्ट्रिय जीवनमा आ–आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गरिएको हो ।

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय पनि गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका नेपाल सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ । निजामती सेवा ऐनअनुसार नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे