नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौ-

फोर्ड नेपालले ६ स्पिड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त ‘फिगो २०२१’ सार्वजनिक गरेको छ।

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

नयाँ भेरियन्ट ६ स्पिड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्सिमिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ संस्करण हुन्। जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिन जसले ९६ पिएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्छ र उक्त बिएस ६ सँग जोडिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टाइटेनियममा १५ इन्च आलुमुनियम र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडसेट, सात इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र इएसपी लगायत विशेषता छन्।

त्यसैगरी टाइटेनियम प्लसमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रोक्रोमिक आइआरभिएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर छन्।

‘फोर्ड ग्राहक सेवाका लागि सधैं प्रतिबद्ध छ र बहुबजारमा स्वचालित टेक्नोलोजी पेस गर्नमा गर्व गर्दछ,’ भारतका लागि फोर्डको बिक्री तथा सेवा बजार प्रवन्धक विनय रैनाले भने, ‘अतुलनीय प्रदर्शन, सुरक्षा, उत्कृष्ट प्रविधिसाथ सेग्मेन्ट आधार कनेक्टिभिटीमा सधैं गम्भीर रहने गरेकोमा फिगो टाइटेनियमले एएमटी त्यति मन नपराउने नयाँ खरिदकर्तामाझ उत्कृष्ट प्रदर्शन गर्नेमा ढुक्क छौं।’

कम्पनीका अनुसार नयाँ फिगो अधिक सुरक्षा सुविधा र ६ एयरब्याग, ट्र्याक नियन्त्रण प्रणाली (टिसिएस) र हिल प्रक्षेपण सुविधा (एचएलए) साथ उपलब्ध छ। ग्राहकको सुविधा ध्यानमा राखी १ लाख किलोमिटर, तीन वर्षे वारेन्टी र न्यून मर्मत खर्चसाथ उपलब्ध छ। डाइमन ह्वाइट, रुबी रेड, मुनडस्ट सिल्भर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड रङमा पाइन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन

कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

सरकारको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तैः ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले हालै दिएको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तै भएको टिप्पणी गरेका छन्। मदन भण्डारीको जीवन पुस्तक