भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत जुलाई २७ मा नेपालमा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस अवधिमा देशभरी १७ हजार ५१८ परीक्षण भएका थिए। यसको सोझो अर्थ के हो भने, परीक्षण गरिएका मध्ये संक्रमित देखिने दर २२ प्रतिशत रहेको छ।

यसैगरी जुलाई २८ मा ३ हजार ८४० जना कोरोना संक्रमित भेटिए। कूल १५ हजार ८०८ परीक्षण हुँदा ३ हजार ८४० संक्रमित भेटिनुको अर्थ संक्रमण दर २४ प्रतिशतभन्दा बढी हुन आउँछ। जुलाई २९ मा १४ हजार २४२ परीक्षण हुँदा ३ हजार ३६५ (२३.६ प्रतिशत), जुलाई ३० मा १४ हजार ६६१ जनाको परीक्षण गर्दा ३ हजार ६११ जनामा (२४.६ प्रतिशत) र जुलाई ३१ मा १३ हजार ५१९ नमुना परीक्षणमा ३ हजार १०६ (२२.९८ प्रतिशत) जनामा संक्रमण पुष्टि भयो।

ज्ञानमित्र

अर्को तथ्यांकले के देखाउँछ भने नेपालमा दैनिक रूपमा थपिने नयाँ संक्रमितको तुलनामा संक्रमण लागेर निको हुनेको संख्या ५० प्रतिशतमा झरेको छ। जुलाई ३१ को डेटाले के देखाउँछ भने यस दिन नयाँ संक्रमित ३ हजार १०६ संक्रमित थपिँदा संक्रमण मुक्त हुनेको संख्या १ हजार ९१६ रहेको छ। ३१ जुलाईका दिन देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ।

गत जेठ २५ गते देखिएका ५ हजार १५३ जना पछि संक्रमण ओरालो लागेको थियो तर, सरकारी अकर्मण्यता र आमजनताको हेलचेक्र्याइँले संक्रमण दर पुनः उकालो लाग्दै गरेको स्पष्ट देखिन्छ। सरकार र आमजनता दुवैलाई कोरोनाको नयाँ भेरिएन्ट डेल्टा प्लसबारे थाहा नभएको होइन। दुवैलाई राम्ररी थाहा छ कि, नेपालमा दोस्रो लहरको अवधिमा उत्पात मच्चाएको डेल्टा भेरिएन्टको प्रकोप अझै शान्त भएको छैन अर्थात दोस्रो लहर अझै जारी छ। पछिल्लो तथ्याङ्कअनुसार देशमा ७०६ जनाको आइसियु र १६६ जनाको भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। नेपालमा कोरोना संक्रमणका कारण कूल मृतक संख्या ९ हजार ८५७ पुगिसकेको छ।

नेपालले पछिल्लो दुई पटक गराएको जीनोम सिक्वेन्सिङअनुसार देशमा कोरोनाका डेल्टा भेरियन्ट (B.1.617.2), डेल्टा प्लस भेरियन्ट (A.Y1 ), अल्फा भेरियन्ट (B.1.1.7), कप्पा भेरिएन्ट (B.1.617.2) पुष्टि भएका छन्। यी मध्ये अल्फा र डेल्टा भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ ( VoC ) तथा कप्पा भेरिएन्टलाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ (VoI) मा वर्गीकरण गरिएको छ। ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ वर्गका कोरोना भाइरस त्यति घातक होइनन् तर ‘भेरिएन्ट अफ कन्सर्न’ वर्गमा आउने कोरोना भाइरसलाई अति घातक र प्रसारक (स्प्रेडर) ठहर गरिएको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा आतंक मच्चाउने अल्फा र डेल्टा भेरियन्ट प्रमुख थिए।

जेठ मध्यदेखि असार मसान्तसम्म देशभरिबाट संकलित ४७ वटा नमूनाको जिनोम सिक्वेन्सिङबाट थाहा हुन आयो कि, अहिले देशमा कोरोना भाइरसका दुईवटा भेरियन्ट सक्रिय छन – डेल्टा र डेल्टा प्लस। भाइरसका यी दुवै प्रजाति १०० भन्दा बढी देशमा पुगिसकेका छन्। संसारका कतिपय देशमा कोरोना संक्रमणको चौथो लहर र अन्य कतिपयमा संक्रमणको पाँचौ लहरले दस्तक दिइरहेको छ। नेपाल र भारतमा भने तेस्रो लहरको पदचाप सुन्न थालिएको छ।

कोरोनाका यी दुवै भेरियन्ट डेल्टा र डेल्टा प्लस भ्याक्सिनले दिएको सुरक्षा बाईपास गर्न सक्षम छन्। नेपाली जनमानसमा अहिले पनि भ्याक्सिन बारे पर्याप्त जानकारी छैन। यो भ्याक्सिन राम्रो अथवा त्यो भ्याक्सिन राम्रो (देशमा उपलब्ध तीनवटा भ्याक्सिन – ऐस्ट्रेजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन) को अनर्गल चर्चा चलेको छ। दूर्भाग्य छ, केही नाम चलेका पत्रपत्रिका यस खेलमा संलग्न छन्। सबै नेपालीले बुझे हुन्छ, भ्याक्सिन बारे पत्रपत्रिकामा प्रकाशित सामग्रीका पछाडि भ्याक्सिन निर्माता कम्पनीको हात रहेको हुन्छ – यो व्यापारिक/व्यावसायिक प्रतिष्पर्धाको खेल हो, चलिरहन्छ। समग्रमा सबै भ्याक्सिन उस्ताउस्तै हुन्। तसर्थ आफ्नो पालोमा जुन भ्याक्सिन उपलब्ध हुन्छ यसको र त्यसको ‘डिमान्ड’ नगरी लिए हुन्छ।

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण हुन नदिने रामवाण होइन। भ्याक्सिन लाएपछि पनि तपाईंलाई कोरोना संक्रमण हुनसक्छ। एकपटक होइन बारम्बार संक्रमित बन्न सक्नुहुन्छ। भ्याक्सिनले गर्ने के हो भने, भ्याक्सिनमार्फत तपाईंको शरीरमा भाइरस छिराइएको हुन्छ। शरीरको इम्यून सिस्टमले यसरी छिराइएको भाइरसलाई सखाप बनाउन एन्टिबडी बनाउँछ।

र, शरीरमा यो एन्टिबडी रहेसम्म तपाईं कोरोना संक्रमित हुँदा यस एन्टिबडीले छिरेका कोरोना भाइरसलाई सजिलै सखाप बनाउँछ। फेरि बुझ्नुस्, भ्याक्सिन लाएर कोरोना संक्रमणबाट जोगिँदैन तर, यदि तपाईंले भ्याक्सिन लगाउनु भएको छ भने तपाईंको शरीरको इम्यून सिस्टमलाई थाहा हुन्छ यस आगन्तुक शत्रुलाई कुन उपाय र कुन खाले रसायनले परास्त गर्ने। र, त्यसै बमोजिम भाइरसको संख्या वृद्धि हुन नपाउँदै इम्यून सिस्टमले भाइरसलाई सखाप बनाउँछ।

भ्याक्सिन लिएर यदि शरीरमा एन्टिबडी बनेको छ भने त्यस्तो व्यक्ति कोरोना संक्रमित त हुन्छ तर, संक्रमणबाट गम्भीर अवस्थामा पुग्ने जोखिम कम भएको हुन्छ। भ्याक्सिन लगाएको व्यक्ति माइल्ड अथवा मोड्रेड अवस्थामै निको हुने सम्भावना वृद्धि हुन्छ। तर, भ्याक्सिनको एउटा अवगुण के हो भने (सबै भ्याक्सिनको) लाएको सबै व्यक्तिमा यसले काम गर्दैन। विभिन्न भ्याक्सिन कम्पनीले दाबी गरे अनुसार कसैको ६५ प्रतिशत कसैको ७०-७५ प्रतिशत ‘इफिकेसी’ रहेको छ।


यसको अर्थ के हो भने, १०० जना व्यक्तिले एउटै खोप केन्द्रमा एउटै भ्याक्सिन लाएका छन् भने १०० मध्ये ६५-७०-७५ व्यक्तिमा मात्रै एन्टिबडी बन्छ। बाँकी व्यक्ति भ्याक्सिन नलाएको सरह हुन्छन्। दोस्रो लहरमा भ्याक्सिन लाएका कतिपय व्यक्तिको संक्रमणका कारण निधन पनि भयो। यसको स्पष्ट कारण के हो भने, ती व्यक्तिमा भ्याक्सिनले एन्टिबडी बनेको थिएन। फेरि, भ्याक्सिन लाएर बनेको एन्टिबडीको स्तरको पनि कुरा छ। भ्याक्सिनले कति एन्टिबडी बनायो, व्यक्तिले पाउने सुरक्षा त्यसमाथि निर्भर गर्छ।

नेपालमा तेस्रो लहरको आगमन भइसकेको छ भन्दा अब फरक नपर्ला। देशमा अहिले ३१ हजारभन्दा बढी सक्रिय संक्रमित छन। कुल परीक्षण मध्ये २४-२५ प्रतिशतसम्म संक्रमित देखिँदै छन्। यो आफैमा भयावह अवस्था हो। दिनहुँ आइरहेका औसत ३ हजार ५०० भन्दा बढी संक्रमितले के देखाउँछ भने देशमा अहिले नै लाखभन्दा बढी सक्रिय संक्रमित छन्। दिनहुँ संक्रमण पुष्टि भइरहेका संक्रमितले आफू संक्रमित पुष्टि हुनुभन्दा पहिला २-४ जनालाई संक्रमित बनाइसकेका हुन्छन्।

नेपाल सरकार पुनः निषेधाज्ञा लगाउने मनस्थितिमा पुगिसकेको छ। सरकारले निषेधाज्ञा लाउनबाहेक अरू केही जानेको छैन। निश्चय पनि कोरोनाको चेन तोड्न निषेधाज्ञाको विकल्प छैन तर, जबसम्म कन्ट्याक्ट ट्रेसिङ र कोरोना परीक्षणको दायरा बढाइँदैन तबसम्म कुनै किसिमको निषेधाज्ञाको खासै फाइदा हुन्न।

नेपाल सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशको आदित्यनाथ योगी मोडेलसँग धेरै कुरा सिक्नु आवश्यक छ। नेपालभन्दा झण्डै आठ गुणा बढी जनसंख्या रहेको उक्त राज्यमा (झण्डै २४ करोड जनसंख्या ) आज ३१ जुलाईको तथ्यांकअनुसार जम्मा ७२९ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ। राज्यभरि जम्मा २ हजार सक्रिय संक्रमित रहेका छन्। नयाँ संक्रमित आउने संख्या ५० भन्दा पनि कम रहेको छ। नेपालमा अहिले सक्रिय संक्रमित संख्या ३१ हजार भन्दा बढी र दैनिक नयाँ संक्रमित देखिने क्रम झण्डै ३५०० को हाराहारीमा रहेको छ।

३ करोड जनसंख्या रहेको नेपालमा मृतकको संख्या ९ हजार ८३४ रहेको छ भने ८ गुणा बढी जनसंख्या रहेको उत्तर प्रदेशमा कुल मृतक संख्या २२ हजार ७५६ रहेको छ। तथ्यांकमा हेर्ने हो भने नेपालमा कोरोनाको अवस्था भयावह नै छ। सरकारले निषेधाज्ञा मात्रै लाएर कोरोना नियन्त्रण गर्ने सपना देख्छ भने त्यो दूर्भाग्यबाहेक अरु केही हुने छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन