नेपाली सेनाकाे काेषमा ५९ अर्ब ९५ करोड ८० लाख


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ।

कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो।

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ।

उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ। कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो। कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनीमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन

हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे