काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी


विचार
आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस

आयोमेल संवाददाता
प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र…

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे

आयोमेल संवाददाता
राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा


अन्तत: किंग्स इलेभेन पञ्जावकी मालिक प्रीति जिन्टाले खुसी हुने राम्रो बहाना पाएकी छन्।

यी बलिउड नायिकाको स्वामित्वमा रहेको किंग्स इलेभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार एकपक्षीय जित निकाल्यो, रोयल च्यालेञ्जर्स बे‌ंग्लोरमाथि ।

जितको अन्तर रह्यो, ९७ रन । प्रतियोगितामा यो पञ्जाबको पहिलो जित हो भने बेंग्लोरको पहिलो हार। पञ्जावको यो जितका नायक रहे, कप्तान केएल राहुल ( तल तस्बिरमा शतक बनाएपछि)। उनले १ सय ३२ रन बनाए । यसका लागि खालि ६९ बलको मात्र उपयोग गरे।

अझ उनी नटआउट पनि रहे । यो प्रतियोगिताको इतिहासमै कोही पनि भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो । यस्तै यो आइपिएल इतिहासमै कप्तानको सबैभन्दा ठूलो व्यक्तिगत प्रदर्शन पनि रह्यो । प्लेयर अफ द म्याच हुँदै राहुलले एक लाख भारुकाे चेक पनि पाए।

उनले १४ चौका र ७ छक्का प्रहार गरे। उनले यस प्रदर्शनका क्रममा दुईपल्ट स्पष्ट जीवनदान पाए । दुवै अवसरमा उनको क्याच छाड्ने काम गरेका थिए, बेंग्लोर तथा भारतीय टिमकै कप्तान विराट कोहलीले।

राहुलको त्यो प्रदर्शनको मदतले पञ्जावले पहिले ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो। जवाफमा बेंग्लोरले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सक्यो । वासिङटन सुन्दरकाे ३० रन नै बेंग्लाेरकाे इनिङ्समा ठूलाे स्काेर थियाे। विराटकाे खातामा त एक रनमात्र रह्याे।

बेंग्लोरका कोही पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। अनि दुबईमा भएको यस खेलको मज्जा लुट्न प्रीति आफै यूएईमा थिइन्। उनको खुसी देखिनसक्नु थियो। प्रतियोगिताका सुरुआती केही खेलमा पञ्जाबको यो जित सबैभन्दा प्रभावशाली रह्यो । 

शतक बनाएपछि पन्जाबका कप्तान केएल राहुल

ब‍ेंग्लाेरका कप्तान विराट काेहली

 

र, याे पनि आइपिएल

शाहरुख खानको कोलकाता मुम्बईसँग पराजित

धोनीको चेन्नईमाथि राजस्थानको राज

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित

विश्वकै धनी क्रिकेट लिग आजदेखि, नेपालीकाे ध्यान दिल्ली क्यापिटल्सतिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा

राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर

मन्त्रिपरिषद समावेशी बनाउन माग गर्दै प्रदेश २ सरकारविरुद्ध रिट दायर भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सहभागी गराएर गरेको