शाहरुख खानको कोलकाता मुम्बईसँग पराजित


विचार
आयोमेल संवाददाता
कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि…

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड

आयोमेल संवाददाता
यी हुन् मदन पुरस्कारका लागि छानिएका उत्कृष्ट ९…

यसपटक एकलव्यको देब्रे हात, ‍करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे,

आयोमेल संवाददाता
प्रहरी हिरासतमै थुनुवा मृत भेटिएपछि प्रहरी कार्यालय घेराउ

क्ष्मिनीया गाउँपालिका–२ का ४० वर्षीय पल्टु रवि दास शुक्रबार बिहान


शाहरुख खानको कर्मथलो हो, मुम्बई। अनि यी बलिउड अभिनेता कोलकाता नाइट राइडर्सका मालिक पनि हुन्।

संयोग कस्तो रह्यो भने कोलकाता टिम बुधबार इन्डियन प्रिमियर लिगको खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भयो।

मुम्बई भने लगातार दोस्रो खेल गुमाउनबाट बच्यो। पहिलाे खेलमा चेन्नईसँग पराजित भएकाे थियाे।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रनको बलियो स्कोर खडा गरेको थियो र यो नै जितको आधार रह्यो। त्यस चुनौती सामु कोलकाता २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमै सीमित रह्यो।

कोलकाताका लागि कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्। कप्तान दिनेश कार्तिकले ३० रन बनाए। प्याट कुमिन्सले बनाएको ३३ रन नै सर्वाधिक ठूलो स्कोर सावित भयो । यस्तै नितिश राणाले २४ रन बनाए। अन्य कोही पनि ब्याट्सम्यानले राम्रो गर्न सकेनन्।

यसअघि मुम्बईका लागि कप्तान रोहित शर्मा (तस्बिरमा शट हान्दै) ले ५४ बलमा ८० रन बनाए। उनले ३ चौका र ६ छक्का प्रहार गरे।

यस्तै सूर्यकुमार यादवले २८ बलमा ४७ रनको गतिलो योगदान दिए। उनीहरूले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे।

बिहीबार दुबईमा किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।

पोलार्डको १ सय ५० खेल

अलराउन्डर किइरोन पोलार्डले आइपिएलका लागि १ सय ५० खेल खेलेका छन् ।

वेस्ट इन्डिजका ३४ वर्षे भेटान पोलार्डले आइपिएलमा मुम्बई इन्डियन्सबाट उक्त कोसेढुंगा भेटेका हुन्।

१३ औं सिजनको यस आइपिएलमा पोलार्डको यो ११ औं सिजन हो।

उनले कोलकाताविरुद्ध अविजित १३ र एक विकेट लिएका थिए । ७ बल सामना गरेका उनले एक चौकासहित उक्त रन जोडे भने नितिश रानाको विकेट लिएका थिए।

पोलार्डले अबुधाबीकै मैदानमा भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध १८ रनमात्र बनाएका थिए।

एक साताअघि आफ्नो कप्तानीमा उनले क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्सलाई उपाधि जिताएका थिए । सिपिएलमा  प्लेयर अफ द टुर्नामेन्ट भएका पोलार्डले समग्रमा १४ औं ट्वान्टी-ट्वान्टी उपाधि जितिसकेका छन्।

 

र, याे पनि आइपिएल

धोनीको चेन्नईमाथि राजस्थानको राज

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित

विश्वकै धनी क्रिकेट लिग आजदेखि, नेपालीकाे ध्यान दिल्ली क्यापिटल्सतिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि रोगको डर

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड अझै बढेको छ। स्वास्थ्य अधिकारीले पनि खोप केन्द्रमा भएका अव्यवस्थाले

यी हुन् मदन पुरस्कारका लागि छानिएका उत्कृष्ट ९ पुस्तक

यसपटक एकलव्यको देब्रे हात, ‍करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज छनोट भएका हुन्।

प्रहरी हिरासतमै थुनुवा मृत भेटिएपछि प्रहरी कार्यालय घेराउ

क्ष्मिनीया गाउँपालिका–२ का ४० वर्षीय पल्टु रवि दास शुक्रबार बिहान ४ बजेतिर हिरासतको शौचालयको भेन्टिलेटरमा आफ्नै गन्जीको पासो बनाइ झुन्डिएको

वागमती प्रदेशका मन्त्रीले भने–डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १०…

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत