धोनीको चेन्नईमाथि राजस्थानको राज


विचार
आयोमेल संवाददाता
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा

आयोमेल संवाददाता
दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा

आयोमेल संवाददाता
कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि…

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड


शारजहाँमा मंगलबारकाे आईपिएल क्रिकेटकाे खेल चेन्नई सुपर किंग्सले जितेको भए, नयाँ कीर्तिमान हुने थियो, जितका लागि सर्वाधिक ठूलो लक्ष्य पछ्याएको। तर महेन्द्रसिंह धोनीको चेन्नई सुपर कि‌ंग्सको भाग्यमा मंगलबार यस्तो लेखिएको थिएन।

त्यसैले उनको टिम इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको हातबाट १६ रनले पराजित रह्यो। जितका लागि चेन्नईले लक्ष्य पाएको थियो, २ सय १७ रन। चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सयरन मात्र बनाउन सक्यो।

टाेलीका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसले सर्वाधिक ३७ बलमा ७२ रन बनाए। तर उनको यो प्रयास टिमलाई जितसम्म पुग्न पर्याप्त रहेन। चेन्नईको यो दोस्रो खेलमा पहिलो हार हो भने राजस्थानले विजयी सुरुआत पाएको छ।

त्यसअगाडि पहिलाे स‌ंस्करण विजेता राजस्थानले ७ विकेटमा बनाएको २ सय १६ रनको स्कोरमा दुई ब्याट्सम्यानको योगदान रह्यो, स्टिभ स्मिथ र सन्जु सामसन। अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यानले ४७ बलमा ६९ रन बनाए, सामसनले ३२ बलमा ७४ रन । चेन्नईका सबै बलर खर्चालु साबित भए।

सर्वाधिक छक्का प्रहार

यस खेलमा सर्वाधिक छक्का प्रहार भएको छ। राजस्थानबाट १७ छक्का र ९ चौका तथा चेन्नईबाट १६ छक्का र ९ चौका प्रहार भएका थिए। त्यसमा राजस्थानका प्लेयर अफ द म्याच भएका सन्जु एक्लैले ९ छक्का र एक चौका हाने भने चेन्नईका डु प्लेसिसले ७ छक्का र एक चौका प्रहार गरेका थिए।

यसअघिकाे तीन खेलमा कुल २८ छक्का प्रहार हुँदा यस खेलमा ३३ छक्का बर्सिएकाे थियाे।

बुधबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच अबुधाबीमा खेल हुनेछ । पहिलो खेलमा मुम्बई सुपर ओभरमा चेन्नईसँग हारेको थियो।

र, याे पनि आइपिएल

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

चेन्नईले मुम्बईसँग लियाे गत वर्षकाे बदला, ५ विकेटकाे जित

विश्वकै धनी क्रिकेट लिग आजदेखि, नेपालीकाे ध्यान दिल्ली क्यापिटल्सतिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश १ मा एक हजार १४४ संक्रमित

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस अवधिमा एक हजार १०४ जनामा

दार्चुला घटनाकाे छानबिन गर्न कांग्रेस प्रवक्ता शर्माको माग

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा ३५ वर्षीय जयसिंह

कोरोना खोपः नलगाए रोगको डर, लगाउन गए पनि रोगको डर

कोरोनाको तेस्रो लहर आउने विज्ञको चेतावनीपछि खोप लगाउन सर्वसाधारणको भीडभाड अझै बढेको छ। स्वास्थ्य अधिकारीले पनि खोप केन्द्रमा भएका अव्यवस्थाले

यी हुन् मदन पुरस्कारका लागि छानिएका उत्कृष्ट ९ पुस्तक

यसपटक एकलव्यको देब्रे हात, ‍करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज छनोट भएका हुन्।