आउने निर्वाचनमा कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी : उपसभापति निधि


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


जनकपुरधाम
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन आफू पार्टी सभापतिमा चुनाव लड्न लागेको बताएका छन्।

महोत्तरीको जलेश्वरमा बिहीबार पार्टी कार्यालयमा नवनिर्मित महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा उनले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

‘कोही भन्नुहुन्छ अरूलाई म मात्रै हराउन सक्छु, कोही आफूमाथि अन्याय भएकोले सभापतिमा लड्न खोजेको भन्न हुन्छ,’ निधिले भने,‘तर म कसैलाई हराउनका लागि होइन, कांग्रेसलाई तरोतजा र निर्वाचनमा विजयी बनाउन हुन्छ।’

वडा अधिवेशनको कार्यतालिकामा सामान्य परिवर्तन भए पनि महाधिवेशन तोकिएकै मितिमा हुने भएकोले अब आउने निर्वाचनलाई ध्यानमा राखेर महाधिवेशनमा होमिन उनले आग्रह गरे।

पछिल्लो निर्वाचनमा रूख छाप नजितेकै कारण जनताले सास्ती भोग्नु परेको उनले बताए।

कांग्रेसकै नेतृत्वमा मुलुका परिवर्तन भएकाले त्यसको स्वामित्व लिन तयार भएर बस्नुपर्ने उनको भनाइ छ।

‘हामी परिवर्तनका पक्षपाती भएकाले परिवर्तनको स्वामित्व लिनुपर्दछ,’ उनले भने,‘मुलुकमा भएको राजनीतिक परिवर्तन, प्रणाली र संविधानको पक्षमा कांग्रेस दृढताका साथ उभिन्छ।’

काठमाडौंबाट गाडीले महोत्तरी पुगेका उनलाई बर्दिवासदेखि सदरमुकाम जलेश्वरसम्म ठाउँ–ठाउँमा कार्यकर्ताले स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको