स्पष्टीकरण दिँदै माधव नेपालले भने–सर्वोच्चको फैसलाअनुकूल नै देउवालाई विश्वासको मत


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टीको विधानविपरीत र राजनीतिक नैतिकताविपरीतका क्रियाकलापको विरोधमा आफूहरुले गरेका क्रियाकलापलाई विधानविपरीत भन्न नमिल्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीलाई बुझाएको स्पष्टीकरणमा उनले यस्तो दाबी गरेका हुन्।

नेपालले स्पष्टीकरणपत्रमा भनेका छन्, ‘वैशाख २७गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपथ्र्यो। राजीनामा नदिई पार्टी र दलको निर्णयविना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत हो। त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलाप भएका हुन्। त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन।’

उनले आफूहरुले शेरबहादुर देउवालाई दिएको विश्वासको मत नेपालको संविधान, पार्टीको विधान, सर्वोच्चको फैसला र लोकतान्त्रिक मूल्यमान्यताअनुकूल रहेको पनि दाबी गरेका छन्। यसका लागि उनले सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दा संविधानको धारा ७६(५) को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभा सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नपाउने भनी प्रतिषेधको आदेश जारी गरेको पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक