खुट्टा तान्न नसकेपछि परमादेशबाट सरकार बनाइयो : केपी ओली


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खुट्टा तानेर हटाउन नसकेपछि परमादेशबाट सरकार हटाइएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकार बनेदेखि ढाल्ने कोसिस सफल नभएपछि परमादेशबाट हटाइएको बताए।

‘सरकार बनेकै दिनदेखि ढाल्ने कोसिस गरियो, डेढ वर्षदेखि ठोस प्रयास भयो,’ उनले भने,‘दुनियाँ लागे। खुट्टा हलाउन नसकेपछि अहिले परमादेशबाट ढालियो।’

सरकार ढले पनि प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश र स्थानीय तहहरूमा एमाले नै प्रमुख पार्टी रहेको बताउँदै उनले निराश नहुन कार्यकर्ताहरूलाई ढाढस दिएका छन्।

पार्टी सञ्चालनको मामिलामा अदालतले प्रवेश गरेर विश्वसनीयता गुमाएको उनको भनाइ थियो।

‘२०५९ सालकै फैसला छ, राजनीतिक मामिलामा अदालत प्रवेश गर्दैन भनेर,’ ओलीले भने,‘तर, ह्वीप लगाउन नपाउने, कारबाही गर्न नपाउने आदेश आएको छ। अदालतमाथि विश्वास बढ्नुपर्छ हाम्रो चाहना हो।’

उनले पार्टी एकताका लागि आग्रह गर्दै आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

‘बाटो बिराएका भटकिएका साथीहरूलाई एकताका लागि आउन आग्रह छ, आउनुस् मिलेर काम गरौं,’ वरिष्ठ नेता माधवकुमार नेपालको नाम नलिइ ओलीले भने,‘यस आन्दोलनले ठूलो क्षति ब्यहोरेको छ आफ्नै कारणले। आउनुस् फेरि एकजुट भएर अगाडि बढौं।’

कसैले चाहँदैमा कम्युनिस्ट आन्दोलन नरोकिने अध्यक्ष ओलीले पुष्पलालले रोपेको विरूवालाई कुनै पनि हालतमा मर्न नदिने उद्घोष गरे।

‘पुष्पलालले रोपेको यस विरूवालाई कुनै पनि हालतमा मर्न दिने छैनौं, सानोतिनो हावाहुरीले ढाल्न सक्दैन,’ उनले भने,‘यो आन्दोलन कर्कलाकाे पात होइन जो हावाबाट ढल्छ। निरन्तर अगाडि बढ्छ।’

आफूहरूले जित्न जानेको र विजय यात्रालाई कसैले रोक्न नसक्ने ओलीले दाबी गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।

क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको