‘सभामुखलाई दिनुपर्ने राजीनामा सभापतिलाई बुझाएर अमरेशले नाटक गरे’


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बुधबार सांसदबाट राजीनामा दिए। सिंहले बुधबार साँझै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेका छन्।

उनको राजीनामा स्वीकृत भएको छैन। किनभने सांसदले राजीनामा दिने संसद सचिवालय हो। सांसदले दिएको राजीनामा सभामुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था नै छ।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोले आफूले सांसद पदबाट राजीनामा दिएको देउवालाई बुझाएको पत्रमा उनले भनेका छन्। साथै उपसभापति विमलेन्द्र निधिमाथि पनि सिंहले राजीनामामा आक्रोश पोखेका छन्।

सर्लाही १ बाट प्रतिनिधिसभामा निर्वाचित सिंहले क्रियाशील सदस्यमा आफूअनुकूललाई राख्न खोजेको तर सम्भव नभएपछि राजीनामाको नाटक गरेको सर्लाहीका कांग्रेसका नेताहरूको आरोप छ।

सर्लाहीका कांग्रेस नेता एवं प्रदेशमन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीभित्र गरेका आफ्ना गलत क्रियाकलाप लुकाउन संघीय सांसद सिंहले राजीनामाको नाटक गरेको बताए।

‘क्षेत्रको कुनै नगरपालिका र गाउँपालिका उहाँको समर्थनमा छैन। क्षेत्रीय सभापति र जिल्लाबाट निर्वाचित दुई जना प्रदेश सांसदहरू पनि उहाँसँग छैनन्,’ प्रदेशमन्त्री सिंहले भने,‘कांग्रेसको संगठनलाई तहसनहस गरिरहनु भएको छ।’

सबैले साथ छोडेपछि गैरकांग्रेसीलाई जबरजस्ती क्रियाशील सदस्यता दिलाउने मनसाय पूरा हुन नसक्ने देखेपछि राजीनामाको नौटङ्की रचिएको उनले बताए।

संघीय सांसद सिंहकै क्षेत्रबाट निर्वाचित प्रदेश २ का कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले पनि एकपछि अर्कोले साथ छोडेर जनमत गुमाउँदै गएपछि सिंहले राजीनामाको नौटङ्की गरेको बताए।

सभामुखलाई दिनुपर्ने राजीनामा पार्टी सभापतिलाई बुझाइएकोले त्यो नाटकमात्रै रहेको प्रष्ट हुन्छ कुशवाहाले जिकिर गरे। आफूले गरेको गल्ती ढाकछोप गर्ने उद्देश्यले सिंहको राजीनामा आएको उनको भनाइ छ।

‘उहाँ आफैंले गल्तीहरू गर्नुभएको छ। पार्टीको निर्देशिकाअनुसार क्रियाशील सदस्यता दिइएको छ। तहगत छानबिन गरेर एकमुष्ट निर्णय भएको छ,’ कुशवाहाले आयोमेलसँग भने,‘तर, आफूले भनेकोलाई मात्र क्रियाशील सदस्यता दिनुपर्ने चाहना थियो। त्यो पूरा नभएपछि राजीनामाको नौटङ्की गर्नुभएको छ।’

क्रियाशील सदस्यता वितरणमा जिल्लामा विवाद देखिएपछि छानबिन समितिले जिल्लाका नेता र सिंहलाई आमुन्नेसामुन्ने बसाएर छलफलका पहल गरेको थियो।

तर, छानबिन समितिले पटक–पटक बोलाउँदा पनि सिंह गएनन्।

‘क्रियाशील सदस्यतामा विवाद देखिएपछि छानबिन समितिले जिल्लाका पदाधिकारी र उहाँलाई छलफलका लागि पटक–पटक बोलायो,’ सर्लाहीका कांग्रेसका एक नेताले भने,‘तर उहाँ आउन मान्नु भएन।’

जिल्लाबाट प्रतिनिधित्व गर्ने दुईजना केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश मन्त्री, प्रदेश प्रमुख सचेतकलगायतका नेताहरूले क्रियाशील सदस्यताबारे अनावश्यक विवाद झिकेको भन्दै सिंहलाई कारबाही गर्न प्रधानमन्त्री एवं सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्।

‘हामी सबैजना बैठक बसेर निर्णय गरिसकेका छौं,’ काठमाडौंमै रहेका कुशवाहाले भने,‘केहीबेरपछि विज्ञप्ति सार्वजनिक गर्ने तयारी भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।

क्रियाशील विवाद टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी रहेको