परिसंघ अध्यक्षमा उद्यमी अग्रवाल


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं-

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभाले उद्यमी विष्णुकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अग्रवाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

अग्रवालले यसअघि परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्वका साथै पूर्वाधार विकास समिति सभापति भएर पनि काम गरिसकेका छन्। नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन्।

साधारणभाले ३७ राष्ट्रिय परिषद सदस्य पनि चयन गरेको छ। तीमध्येबाट सातजना उपाध्यक्ष चयन हुनेछन्।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुणकुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दिलीप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।

त्यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (शिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा छन्।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्य निर्विरोध चयन भएका छन्।


साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड-१९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्रथमिकता भएको र खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए।

‘विकासलाई हामीले प्राथमिकता दिएका छौं, तर त्योभन्दा पहिले आमनागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो,’ प्रधानमन्त्री देउवाले भने, ‘महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यसकारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो।’

प्रधानमन्त्री देउवाले परिसंघद्वारा नेपाली वस्तु उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाइएको ‘मेक इन नेपाल’ स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवद्र्धन गर्ने बताए।

त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले कोभिडले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको बताए। परिसंघले अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानले स्वाबलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने उनको भनाइ थियो।

परिसंघका एमिरिटस प्रेसिडेन्ट विनोद चौधरीले परिसंघले महत्वपूर्ण थिंक ट्यांकका रूपमा काम गरिरहेको बताए। उनले विश्वका सफल उदाहरण हेरेर परिसंघका गतिविधिलाई प्रभावकारीरूपमा अघि बढाउने उल्लेख गरे।

चौधरीले २०४६ सालको परिवर्तनसँगै सुरु गरिएको आर्थिक सुधारले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजस्व परिचालनमा ठूलो योगदान गरेको भन्दै दोस्रो चरणको सुधार आवश्यक भएको धारणा राखे।

साधारणसभाका प्रमुख वक्ता नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए। उनले भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उदाहरण प्रस्तुत गरे।

साधारणसभामा परिसंघ अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाका रूपमा परिसंघलाई अघि बढाएको बताए।

वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे।

उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिएका थिए।

युनियन अफ एसियन चेम्बर्स सुरु

परिसंघ साधारणसभामा प्रधानन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्स सुरुवात गरे। एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनियन अफ एसियन चेम्बर्स सुरु गरिएको हो।

युनियन अफ एसियन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन्। कार्यक्रममा चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको