‘गेम चेन्जर’ भएकै हुन् त जसपा सांसद प्रमोद साह?


विचार
आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक


काठमाडौं –

जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साह पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो निकट हुन्। पार्टीमा विवाद सुरू भएयता लामो समयपछि महन्थ–राजेन्द्र समूहमै बसे।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहले पछिल्लो समय महन्थ–राजेन्द्र समूहमा विद्रोह गरेका छन्। महन्थ–राजेन्द्र समूहमा विद्रोह गरेका साह अहिले अर्का अध्यक्ष उपेन्द्र यादवतिर लागेका छन्।

साह आएसँगै महन्थ–राजेन्द्र समूहबाट निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारमा राज्यमन्त्री बनेकी रेणुका गुरुङका साथै आठजना उपेन्द्र समूहमा आएका छन्। र, यसले महन्थ–राजेन्द्र समूहको संसदीय दलभित्रको समीकरण फेरिएको छ।

यसअघि संसदीय दलमा २० सांसदको समर्थन रहेको महन्थ–राजेन्द्र समूह १२ जनामा सीमित भएको छ। कूल ३२ मध्ये २० जना सांसद एकै ठाउँमा उभिएपछि उपेन्द्र समूह संसदीय दलमा पनि बलियो देखिएको छ।

महन्थ–राजेन्द्र समूहमा लागेका सांसद ल्याउन साहले प्रमुख भूमिका खेलेर ‘गेम चेन्जर’ बनेका छन्। असन्तुष्ट बनेर साहले कित्ता फेरेपछि महन्थ–राजेन्द्र समूहलाई ठूलै धक्का लागेको जसपा नेताहरू पनि बताउँछन्।

विधि तथा पद्धति छोडेर अगाडि बढ्ने नेतृत्वको शैलीका कारण आफूले महन्थ–राजेन्द्र समूह छोडेको साहले बताए।

महन्थ–राजेन्द्र समूहले नीति तथा सिद्धान्तलाईसमेत किनारा लगाइसकेको उनको आरोप छ।

‘प्रतिनिधिसभामा उहाँहरू विपक्षको बेन्चमा बस्नु भयो। विपक्षको बेन्चमा बसेपछि विश्वासको मतको विपक्षमै मत दिनुपर्ने होइन र?,’ साह भन्छन्,‘विपक्षका बेन्चमा बसेर सरकारलाई समर्थन गर्ने यो त कुनै नीति नै भएन।’

मधेश मुद्दाका लागि महन्थ–राजेन्द्र समूहलाई विगतमा समर्थन गरे पनि प्रतिनिधिसभा विघटनपछि साथ छोडिसकेको उनले बताए।

‘हामीले मधेश आन्दोलनका मुद्दा सम्बोधन गराउन सहयोग र समर्थन गरेका थियौं,’ साहले भने,‘तर, उहाँहरू प्रतिनिधिसभा विघटनको एजेन्डा बोकेर हिँड्नेलाई साथ दिनुभयो। मैले उहाँहरूको साथ छोडिसकेको छु।’

यथार्थ बाहिर आएपछि आफूसँगै महन्थ–राजेन्द्र समूहमा रहेका अन्य सांसदहरूले पनि साथ छोडेको साहले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको