१८ वर्ष माथिका सबैलाई दिने घोषणा गरेको पहिलो दिनमै सकियो खोप


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरभित्र नदिइने भएको छ। खोप सकिएका कारण खोप कार्यक्रम रोकिएको छ।

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले ५० वर्षमाथिका, अपांग, शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई खोप दिने जनाएको थियो। तर, बुधबारदेखि काठमाडौंमा १८ वर्ष माथिका सबैलाई खोप दिइएको थियो।

खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए।

पराजुलीकाअनुसार काठमाडौं उपत्यकाका अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप कार्यक्रम जारी छ।

‘जोन्सन एण्ड जोन्सन खोप महानगरभित्र सकिएको छ। मन्त्रलायले अन्य जिल्लाहरुमा दिएर बाँकी रहे मात्र नगरमा यो खोप लगाउन पाइनेछ नत्र भेरोसेलको खोप आएपछि मात्र वितरण गरिनेछ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान