रामचन्द्र पौडेलले बाबुरामलाई भने : उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउँदैन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई उरन्ठ्याउलो बुद्धि भएको बताएका छन्।

पौडेलले सामाजिक सञ्जालमार्फत डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्‍याउने बताए। पौडेलले हजारौं वर्षदेखि जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं त्यही सामाजिक मान्यता र आस्थामाथि भट्टराईले गम्भीर आघात पुर्याएका आरोप लगाएका छन्।

पौडेलले लेखेका छन्, ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउँदैन।’

किन भने पौडेलले त्यसो?

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा केही दिनअघि एक तस्बिर सार्वजिक गरेका छन्। जसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पित्तलको एक गाग्रीबाट नदीमा दूध पोखिरहेका देख्न सकिन्छ।

सोही तस्बिर भट्टराईले सार्वजनिक गर्दै अंग्रेजीमा लेखेका छन्,‘Circulated by my classmates in India’ अर्थात भारतका मेरा सहपाठीले प्रसारित गरेको तस्बिर।

अंग्रेजी क्याप्सन दिइएको तस्बिरमा भनिएको छ,‘फेथ इज डेन्जरस थिंग। इट मेक्स यु थ्रो अवे मिल्क एण्ड ड्रिन्क युरिन।’ अर्थात, विश्वास एक खतरनाक कुरा हो, जसले तपाईंलाई दुध फ्यालेर पिसाब पिउन लगाउँछ।

भट्टराईले सेयर गरेको यही तस्बिरको अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। धर्मजस्तो आस्थाको कुरामा भट्टराईले गरेको टिप्पणीको निन्दा गरिएको छ। भारतीय जनता पार्टी (बिजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइबाले, राप्रपा अध्यक्ष कमल थापालगायतले त्यसप्रति टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले