जसपा विवाद : निर्वाचन आयोगको इजलास आज बस्दै


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

गत आइतबार आधिकारिता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो। दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएरमात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो। आयोगको इजलासले भनेअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन्। सक्कली प्रमाण बुझाएपछि आज पुन: बहस सुरु हुने र निष्कर्षमा पुग्ने बताइएको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ।

अध्यक्ष महन्थ ठाकुर समूह निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि जसपाभित्र विवाद चुलिएको थियो। प्रतिनिधिसभा विघटन गरेर ओलीले प्रतिगमन गरेकाले समर्थन वा सत्ता सहकार्य गर्न नहुने उपेन्द्र पक्षको अडान थियो। तर, महन्थ समूहले नमानेपछि एक अर्कालाई कारबाहीको चरण पार गर्दै जसपा अहिले आधिकारिकताको अन्तिम लडाइँमा छ।

शेरबहादुर देउवालाई उपेन्द्र समूहले विश्वासको मत दिनु स्वभाविकै भएपनि महन्थ पक्षले मत दिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत