कम्युनिष्ट पार्टीका संस्थापक जोशीको नाममा प्रतिष्ठान भवन निर्माण


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


भक्तपुर–नेपाल कम्युनिष्ट पार्टीका पाँंच संस्थापकहरुमध्येका एक भक्तपुरका नारायणविलाश जोशीको नाममा मध्यपुर थिमिमा प्रतिष्ठान भवन बनाइएको छ। तत्कालीन भक्तपुर नगरपालिका १२ (हाल वडा नं ४) सोमला गल्ली निवासी जोशीको मध्यपुर ठिमी नगरपालिकामा नारायणविलाश जोशी स्मृति प्रतिष्ठान भवन बनेको हो।

यो भवन अरनिको राजमार्गअन्तर्गत नयाँं ठिमी शंखधर चोकबाट करिब दुई सय मिटर पुरानो ठिमी जाने उकालोमै छ।

नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका अरु बाँंकी चार जना संस्थापकहरुको नाममा २०५२ सालमै प्रतिष्ठान भवन बनिसकेको तर भक्तपुरका नेता जोशीको नाममा भवन नबनेकाले उनको नामबाट प्रतिष्ठान भवन बनाएको बताए।

भवन निर्माण समितिका सचिव महेन्द्रगोपाल कर्माचार्यले २०७४ वैशाख २५ गते संस्था दर्ता गरी भवन निर्माणको काम थालेको बताए। गत वर्ष ५० लाखको बजेटबाट भुइँतल्लाको काम सकिएको उनले स्मरण गरे। गत वर्षहरुमा सहरी विकासका साथै स्थानीय मध्यपुर थिमि नगरपालिका, चाँंगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिकाहरुबाट बजेट प्राप्त भएको जानकारी उनले गराए। साथै वागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट पनि बजेट प्राप्त भएको उनले बताए।

अहिले भबन निर्माणको काम सम्पन्न भएको छ। तर फिनिसिंग भने बाँंकी नै छ। मेच टेवल राख्ने, पर्दा हाल्नेलगायतका फिनिसिंगका काम बाँंकी छन्। फिनिसिंगको काम सकेपछि भवन नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यालयको लागि प्रयोग हुने जनाइएको छ। यसका साथै त्यहाँं लाइब्रेरी, कार्यक्रम हल, मिटिंग हलका साथै अनुसन्धान कोठाको रुपमा विकास गर्ने योजना राखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत