‘एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनसिप’ सकियो


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

जगदम्बा मोटर्स–टिभिएसले ई–स्पोर्ट्स प्रतियोगिता ‘एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ सकिएको छ।

सिजिसिओद्वारा टिभिएस एनटर्क्स सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा देशभरिका ६ सय ६० भन्दा बढी टोलीले प्रतिस्पर्धा गरेका थिए।

नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए।

‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको ई–स्पोट्र्स प्रतिभालाई प्रोत्साहन गर्न उठाएको कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्‍याएको छ,’ अग्रवालले भने।

जगदम्बा मोटर्सका अनुसार ६ सय ६० भन्दा बढी टोली सहभागी प्रतियोगिता जुन १ बाट जुलाइ १६ सम्म चलेको थियो। फाइनलमा ४८ टोली (प्रत्येक समूहमा १६ जना) सामेल थियो। टोलीलाई इन्भिन्सिबल रेड, कम्ब्याट ब्लु र स्टिल्थ ब्ल्याक गरी तीन समूहमा विभाजन गरिएको थियो।

कार्यक्रमको ढाँचा क्वालिफायर, क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टुर्नामेन्ट थिए। तीन विजेताले टिभिएस एनटर्क्स सुपर स्क्वाड मार्बल थिम्स एडिसन स्कुटरको तीन सिरिज जितेका छन्।

इन्भिन्सिबल रेड समूहको विजेता प्ले विथ पर्पोज (पिडब्लुपी), कम्ब्याट ब्लु समूहको विजेता डेडआइज गाइज (डिई) र स्टिल्थ ब्ल्याक समूहको विजेता द रियल सोल्जर्स (डिआरएस) भएका थिए।

प्रतिस्पर्धा ४५ दिनमा सकिएको हो। यसका स्ट्रिमिङ च्यानलहरू जगदम्बा मोटर्स–टिभिएस फेसबुक पेज र सिजिसिओ युट्युब च्यानल थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस