शिक्षक सेवा आयोगमा पदाधिकारी चाँडै नियुक्त हुन्छ : प्रधानमन्त्री देउवा


विचार
आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी


काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षक सेवा आयोगका पदाधिकारीहरू तत्काल नियुक्त हुने बताएका छन्। अस्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेशबाबु भट्टराईको अगुवाइमा भेट्न पुगेका शिक्षकहरूलाई देउवाले आयोगका पदाधिकारी नियुक्तिमा ढिलाइ नहुने प्रतिवद्धता जनाएका हुन्।

आयोगका अध्यक्षका लागि तीन जना सिफारिस भइसके पनि तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले रोकेर राख्दा नियुक्ति हुन नसकेको मञ्चका संयोजक भट्टराईले बताए।

‘हामीले यसअघि सिफारिस भएकामध्येबाट आयोगको अध्यक्षमा नियुक्त गर्न आग्रह गरेका छौं,’ भट्टराईले आयोमेलसँग भने,‘प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ। चाँडै प्रक्रिया सुरू हुन्छ भन्नु भएको छ।’

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका शिक्षकहरूले शिक्षक परिचयपत्र र मर्यादाक्रम यशाशीघ्र लागू गर्न ध्यानाकर्षण गराएका छन्। यसैगरी उनीहरूले बजेटमा शिक्षकरूलाई गरिएको विभेद पनि अन्त्य गर्न माग गरेको छन्।

देउवाले शिक्षक परिचयपत्र र बजेटमा भएको विभेद केही दिनभित्रै सम्बोधन गरिने आश्वासन दिएको भट्टराईले बताए।

शिक्षकहरूले शिक्षा ऐनको छोटो बाटो अपनाइ ६ महिनाभित्र जारी गर्न, बाल शिक्षकको र विद्यालय कर्मचारीको तलब केन्द्रीय सरकारले बहन गर्ने गरी दरबन्दी सिर्जना गर्न, कोभिड खोप लिन बाँकी रहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई खोपको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग राखेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको