तेस्रो लहरको तयारीका लागि जनस्वास्थ्यविद्हरुले दिए प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव [पूर्णविवरण]


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं–जनस्वास्थ्यविद्हरुले कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त सुझाव दिएका हुन्।

उनीहरुले दोस्रो लहरको घट्ने क्रम विगतका चार हप्तामा सुस्त हुँदै स्थिर हुन पुगेको र कोरोना अझै पूर्णरुपमा नियन्त्रणमा नआएको उल्लेख गर्दै क्षेत्रीय परिस्थितिले गर्दा पनि केही महिनामै तेस्रो लहर आउने सम्भावना उच्च रहेको जनाएका हुन्।

विज्ञहरुले नेपालमा हाल पूर्ण खोप लगाउनेको संख्या ४ प्रतिशतभन्दा कम रहेको र नयाँ सरकारले सबैलाई पूर्ण रुपले खोप लगाउनुअघि नै अर्को लहरको सामना गर्नुपर्ने हुनाले सम्भावित तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको जनाएका छन्।

जनस्वास्थ्यविद्हरुले स्वास्थ्यमन्त्रीलाई जवाफदेही बनाइराख्न, मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री परिवर्तन नगर्न, उच्चस्तरीय कोभिड १९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकित्सक र जनस्वास्थ्यविज्ञ रहेको स्वतन्त्र सल्लाहकारको समूह बनाउन सुझाव दिएका छन्।

उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन, घर र संस्थागत आइसोलेसन सेवा र समुदायसमर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफैं गर्ने’ क्षमता अभिवृद्धि गर्न, स्वास्थ्यकर्मीहरुको नैतिक र उत्प्रेरणा जुनसुकै मूल्यमा उच्च राख्न तथा १८ वर्षभन्दा माथिका लाई यथाशिघ्र खोप लगाउन सुझाव दिएका छन्।

‘स्वास्थ्यकर्मीको उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गरिनुपर्छ, आवश्यक औषधि तथा अक्सिजन आपूर्ति,प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न जरुरी छ,’ सुझावमा भनिएको छ, ‘अस्पतालको बेड, एचडीयु, आइसीयु र भेन्टिलेटरकोसंख्या पनि बढाउनुपर्छ।’

सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, अक्सिजन बैंकको स्थापना गर्न, केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न सुझाव दिइएको छ।
त्यस्तै, खोपको व्यवस्थापन, रोकथामका उपायहरु, स्वाथ्यकर्मीहरुलाई तालिम, महिला स्वास्थ्य तथा स्वयंसेविका तथा अन्य वडास्तरका स्वास्थ्यकर्मीहरुको सक्रियता बढाउन सुझाव दिएका छन्।

स्वास्थ्य सामग्रीहरु अस्पतालमै व्यवस्थापन गर्न, औषधिका क्लिनिकल ट्रायल, खोपका लागि कूटनीतिक पहल, संघीय तथा स्थानीय तहहरुमा विज्ञहरुको नीति सल्लाहकार समिति गठन गरी महामारी व्यवस्थापन गर्न, प्रभावित व्यक्तिहरुलाई खाद्य सुरक्षा, मनोसामाजिक परामर्श तथा आर्थिक सहयोग गर्न सुझाएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत