प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान


विचार
आयाेमेल संवाददाता
आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको…

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा

आयाेमेल संवाददाता
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक

आयोमेल संवाददाता
कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित…

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस


दिल्ली क्यापिटल्सले आइतबार इन्डियन प्रिमियर लिगमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको छ। निर्धारित २०-२० ओभरको खेल टाइ भएपछि सुपर ओभरको आवश्यकता परेको थियो ।

त्यसमा पञ्जाबले कागिसो राबाडाले ३ बलमा २ रन दिएर दुई विकेट लिए। जवाफमा दिल्लीले मोहम्मद सामीको २ बल उपयोग गरेर ३ रन बनायो।

यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको पञ्जावले ८ विकेट गुमाएर ठ्याक्कै १ सय ५७ रन मात्र बनाएको थियो। उसका लागि प्रारम्भिक ब्याट्सम्यान मायंक अग्रवाल (तस्बिरमा अन्तिम बलअघि आउट भएपछि) ले सर्वाधिक ८९ रन बनाए। उनले ६० बलमा ४ छक्का र ७ चाैका प्रहार गरेका थिए।

डिम्पल गर्ल्सले चिनिने बलिउड नायिका प्रीति जिन्टाकाे टाेली पञ्जाबका लागि क्रिस जोर्डनले अन्तिम बलमा विजयी रन बटुल्न सकेनन् र आफ्नो विकेट गुमाएर। यसअघि पञ्जावले ५५ रन बनाउँदासम्म ५ विकेट गुमाएको थियो।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । खराब सुरुआतका बावजुत मार्कुस स्टोइनिसले २१ बलमा ५३ रन बनाए। उनले ७ चौका र ३ छक्का प्रहार गरे। खेलमा उनी नै प्लेयर अफ द म्याच भए ।

यस्तै कप्तान श्रेयस ए‍ेरले ३९ र रिसब पन्तले ३१ रन बनाएर दिल्ली टिमलाई सम्मानजनक स्कोरतर्फ पुर्‍याएका थिए।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित दिल्लीले उनलाई भने खेलाएन। दिल्लीले दुई स्पिनरमात्र खेलाएकाे थियाे।

सोमबार सनराइर्जस हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो

पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

कोरोना भाइरस, नांगिएको आधुनिक चिकित्सा पद्धति र सम्भावित तेस्रो लहर

नेपालमा कोरोना भाइरसको नयाँ अवतार (भेरिएन्ट) डेल्टा प्लसका नौवटा केस देखिएका छन्। पछिल्लो जानकारीअनुसार भारतमा डेल्टा प्लसका २२ वटा केस

प्रचण्डले भने-राष्ट्रपतिको भन्दा त राजाकै शान, मान र इज्जत बढी

'राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा