१८ वर्ष माथिकालाई आजदेखि ‘जोन्सन एण्ड जोन्सन’ को खोप


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं – अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ आजदेखि काठमाडौंका १८ वर्षमाथिका सबैले पाउने भएका छन्। स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले आजदेखि १८ वर्ष माथिका सबैलाई खोप दिन लागिएको जानकारी दिए।

उनकाअनुसार स्वास्थ्य सेवा विभागले काठमाडौंलाई अमेरिकी खोप १ लाख ४६ हजार डोज उपलब्ध गराएको थियो। तर, दुई दिनमा जम्मा ४६ हजारले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

अब १ लाख डोज खोप बाँकी छ। हामीले अलि बढीले खोप लगाउने अपेक्षा गरेका थियौं। तर, कम संख्यामा खोप लगाउनु भयो,’ खड्काले आयोमेलसँग भने , ‘अब हामी १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइदिन्छौं।’

उनले यो खोप कार्यक्रम बिहीबार र शुक्रबारसम्म चल्ने बताए।

काठमाडौंमा ५५ भन्दा बढी खोप केन्द्रमा जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै आइएको छ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो।

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत