माधव नेपाल पक्षका सांसदको बैठक आज पनि बस्दै


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदको बैठक आज पनि बस्दै छ। पार्टीभित्र उत्पन्न विवाद र समसामयिक विषयमा छलफल गर्न नेपाल पक्षको बैठक बस्न लागेको हो।

साढे १२ बजे बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको नेपाल पक्षका सांसद मुकुन्द न्यौपानेले जानकारी दिए। प्रतिनिधिसभा पुनः स्थापनापछि विकसित राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने उनले बताए।

यसअघि मंगलबार भएको छलफलमा सहभागी सांसदहरूले तत्काल सरकारमा सहभागी हुन नहुने धारणा राखेका थिए।

सरकारमा सहभागी हुनुभन्दा पनि आफ्नो पक्षमा कसरी सांसद बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको निर्णय मिडिया प्रोपेगान्डाका लागि मात्रै रहेको नेपाल पक्षको ठहर छ।

केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरे पनि आफूहरूले स्पष्टीकरण पत्र पाइनसकेको उनीहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको