आज पनि बस्दै एमालेको केन्द्रीय कमिटी बैठक


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। सोमबारदेखि बैठक लगातार बसिरहेको छ। बैठक दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको हो।

यसअघि मंगलबार बसेको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही गर्नसक्ने अनुमान गरिएको थियो तर, यसबारे केही निर्णय हुन सकेन। माधव नेपाल पक्षका सांसदहरुले २४ घण्टे स्पष्टीकरणको पत्र नआएको र आए पनि जवाफ नदिने बताएका थिए। सोमबार बसेको बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

यस्तै मंगलबारको बैठकमा एमालेका सातै वटा प्रदेश कमिटी अध्यक्षहरुले पार्टीको अन्योल छिटो समाप्त गर्न आग्रह गरेका थिए। उनीहरुले पार्टीको अन्योल छिटै समाप्त गरी पूरानै लयमा अघि बढ्न सुझाव दिएका थिए।

बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरिसकेको छ। साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ।

बैठकमा एकता कार्यदलका तर्फबाट सुवास नेम्वाङले एकताका निम्ति गरिएका प्रयास, १० बुँदे सहमति र कार्यान्वयनको अवस्थाबारे जानकारी दिएका छन्।
आज महासचिव ईश्वर पोखरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको