पुलिट्जर विजेता फोटो पत्रकार सिद्दीकीको यसरी गरिएको थियो बर्बरतापूर्वक हत्या


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – पुलिट्जर अवार्ड विजेता फोटो पत्रकार डेनिश सिद्दीकीको मृत्यु बारे नयाँ रहस्य बाहिरिएको छ। अहिलेसम्म उनको मृत्यु अफ्गानिस्तान सेना र तालिवानबीचको झडपमा क्रममा भएको बताइँदै आइएको थियो। उनको शरीरमा गोली लागेको दाग पनि छ।

तर, उनको हत्या तालिवानले गोली हानेर गरेको समाचार बाहिर आएको छ। तालिवानले गोली मात्र हानेन त्यसपछि उसले पत्रकार सिद्दीकीको टाउको गाडीलेसमेत कुल्चियो।

अफगानिस्तान सेनाका कमान्डर विलाल अहमदले भारतीय नागरिक भएकै कारण तालिवानले उनको बर्बरतापूर्वक हत्या गरेको बताए। उनले भने, ‘तालिवानले पहिले सिद्दीकीलाई गोली हानेर हत्या गर्यो। त्यसपछि उनी भारतीय भएको थाहा पाएपछि मरिसकेका उनको टाउको गाडीले कुल्च्यो। उनीहरुले यस्तो यसकारण गरे कि उनीहरु भारत र भारतीय नागरिकलाई घृणा गर्छन्।’

सिद्दीकीको मृत्यु गत जुलाई १६ मा भएको थियो। पाकिस्तानसँग जोडिएको स्पिन बोल्डक सहरलाई अफ्गानिस्तानी सेनाले आफ्नो नियन्त्रण लिने क्रममा दोहोरो भिडन्त भएको थियो। जसमा एक अफ्गानी अधिकारीसहित सिद्दीकीको मृत्यु भएको थियो। उनको मृत्यु पनि झडपका क्रममा गोली लागेर भएको भनिए पनि
तालिवानले उनीमाथि गोली चलाएको अहमदले पुष्टि गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला