२५ सय सरकारी कर्मचारीले यसै वर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं । चालू आर्थिक वर्षमा २ हजार ४८९ जना निजामती कर्मचारीहरुले अनिवार्य अवकास पाउँदै छन्।

राष्ट्रिय कितावखाना (निजामती) ले आर्थिक वर्ष २०७८/७९ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना जारी गर्दै करिब २५ सय निजामती कर्मचारी अवकास पाउन लागेको जनाएको छ।

महानिर्देशक नेत्रप्रसाद सुवेदीकाअनुसार यसवर्ष मात्रै विशिष्ठ श्रेणीका नौजना सचिवसहित २ हजार ४८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउँदै छन्।

नौ सचिवसहित ठूलो संख्यामा सहसचिव अवकाश पाउँदै

सचिव–

महानिर्देशक सुवेदीकाअनुसार अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनी साउन २४, बागमती प्रदेशका प्रमुख सचिव डा.मुकुन्दप्रसाद पौड्याल साउन २६, नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्र प्रसाद खनाल असोज ९, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने असोज १२ र महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक बाबुराम गौतम कात्तिक ५ गते अनिवार्य अवकाश पाउँदै छन्।

यस्तै महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक ईश्वर नेपाल कात्तिक ५, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना माघ २०, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडा १९ जेठ र लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईले असार २२ मा अनिवार्य अवकाश पाउने भएका छन्।

सहसचिव–

त्यस्तै राष्ट्रिय कितावखानाकाअनुसार चालू आर्थिक वर्ष २०७८/०७९ मा अवकाश पाउनेको सूचीमा सहसचिव पनि धेरै छन्।

आर्थिक वर्षको सुरुवातमा गत सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत सहसचिव ईश्वराज दाहालले अनिवार्य अवकास पाइसकेका छन्।

आज (मंगलबार) दुईजना सहसचिवले अनिवार्य अवकाश पाउँदैछन्। आज अवकास पाउनेमा परराष्ट्र मन्त्रालयका सहसचिव ताराप्रसाद पोखरेल र मणिप्रसाद भट्टराई रहेका छन्। भट्टराई सहसचिव एवं संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, स्विट्जरल्याण्डमा कार्यरत रहेका थिए।

त्यस्तै ऋषिराज भण्डारी, प्रदीपकुमार मुडवरी, दिलीप कुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मल, प्रमोदकुमार रिजाल, अनिलभद्र खनाल, अरुणकुमार सिंखडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरीराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नविन गिरी, श्यामकिशोर सिंह, सूर्यप्रसाद रिजाल, रमेशप्रसाद सिवाकोटी, खडानन्द गौतम सहसचिवबाट अनिवार्य अवकाश पाउँदैछन्।

यस्तै सहसचिव प्रदीपराज कणेँल, शिवहरि कोइराला, प्रदीपकुमार निरौला, रमेशवन्धु अर्याल, राकेशकुमार त्रिपाठी, बद्रीराज अर्याल, सुनिलकुमार दास, शंकरप्रसाद खरेल, अच्युतप्रसाद सिवाकोटी, भुवनहरी अर्याल, दमयन्ती श्रेष्ठ, चिरञ्जीवी पराजुली, ताराप्रसाद भट्टराई, राजेन्द्रप्रसाद घिमिरे, ठाकुरप्रसाद सिग्देल, देवकुमार तामाङ, प्रल्हादप्रसाद सापकोटा, मधुकर राना, जनकराज दाहाल, रामेश्वर रेग्मी, तुल्सीप्रसाद थपलिया, टेकराज निरौला, मनबहादुर खड्का, चक्रपाणि शर्मा, भरतकुमार शर्मा, मधुकर प्रसाद राजभण्डारी पनि छन्।

त्यस्तै यसै वर्ष अनिवार्य अवकाश पाउने सहसचिवमा गौलोचन, डम्बरबहादुर थापा, अर्जुनकुमार शर्मा, नारायणप्रसाद शर्मा, शिवहरि सापकोटा, ईश्वरीप्रसाद बन्जाडे, विष्णुदत्त गौतम, किसनलाल भट्ट, पुष्करराज पन्त, अशोककुमार कार्की, लोकनाथ पौडेल, प्रकाशकुमार सुवेदी, निरु दाहाल, घनिन्द्रराज चिमौरिया, बासुदेव शर्मा, रामचन्द्र श्रेष्ठ, ध्रुवकुमार पोखरेल, नुरमुहम्मद खाँ, नियाज वारिस र रविनाथबाबु श्रेष्ठ छन्।

राष्ट्रिय किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ। उसले कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनिवार्य अवकाशको सूचना सार्वजनिक गर्ने गरेको छ।

किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउनसमेत अनुरोध गरेको छ।

किताबखानाले नाम वा विवरण छुटपुट भए सम्पर्क गर्नसमेत आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको