माधव नेपाल १० बुँदे सहमतिको स्पिरिट मान्न तयार हुनुहुन्न : प्रदीप ज्ञवाली


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको प्रयासस्वरूप भएको १० बुँदे सहमतिको स्पिरिट मान्न तयार नरहेको बताएका छन्। केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।

पार्टीलाई एकताबद्ध बनाउन नेपाललाई गरिएको अथक प्रयासहरू असफल भएको उनको भनाइ छ।

‘उहाँलाई सम्झाउन साथीहरूले अथक प्रयास गर्नुभयो,’ उनले भने,‘हामीले उहाँलाई १० बुँदे सहमतिको स्पिरिट अनुसार हिँडाउन सकेनौं, माधवजीलाई फर्काउन सकेनौं।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडानबाट पछि हट्न नसकेपछि कुरा थप बिग्रिएको ज्ञवालीले जिकिर गरेका छन्।
‘हिजो बिहानसम्म हामीले अथक प्रत्यन्न गर्‍यौं। उहाँले मान्नु भएन,’ ज्ञवाली भन्छन्,‘उहाँले तीनवटा ठाडाे जवाफ दिनुभयो। पहिलो १० बुँदेको कैयौँ प्रस्तावप्रति म सहमत छैन। दोस्रो कांग्रेस सभापतिलाई विश्वासको मत दिने पूर्वबचनवद्धताबाट पछि हट्दिनँ र तेस्रो जुन कमिटीमा म अल्पमतामा छु त्यसको संस्थागत निर्णय मान्दिनँ।’

ज्ञवालीले नेपाललाई १० बुँदे सहमतिको स्पिरिटमा फर्काउने प्रयासस्वरूप नेता भीम रावलले राजीनामा दिनुपरेको बताए। यद्यपि, रावलले राजीनामा दिनुपर्ने जरूरी नरहेको ज्ञवालीले जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।