आज पहिलो साउने सोमबार, कोरोनाले छेक्यो पशुपतिनाथको दर्शन


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – आज यसवर्षको पहिलो साउने सोमबार। साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिइन्छ। त्यसमा पनि सोमबारको विशेष महत्व हुन्छ। साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ।

ज्योतिषशास्त्रअनुसार साउने सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ। यसदिन पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लाग्ने गरेको छ। तर, यसवर्ष कोरोना महामारीका कारण पशुपतिनाथसहित धेरै धार्मिक स्थल खुला गरिएका छैनन्। भक्तजनले बाहिरैबाट त कसैले घरमै पूजा गरी व्रत बसेका छन्। पशुपति क्षेत्रमा पनि बिहानैदेखि भक्तजन आउन थालेका छन्। तर, उनीहरुलाई मूल मन्दिरमा प्रवेश दिइएको छैन। उनीहरु बाहिरबाटै पूजा गरेर फर्किने गरेका छन्।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस्तै लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने धर्मग्रन्थमा उल्लेख छ।
यस वर्ष साउनमा पाँच सोमबार परेका छन्।

काठमाडौं उपत्यकाका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको