शेरबहादुर देउवाको विश्वास मतमा के लेखे भारतीय मिडियाले?


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं – नेपालको राजनीतिक गतविधिमा भारतीय चासो सधैं रहिआएको छ। भारत सरकार मात्रै होइन त्यहाँका मिडियाले पनि यताको राजनीतिक घटनाक्रमलाई सुक्ष्म ढंगले नियालिरहेका हुन्छन्। केपी ओली सरकारको पालादेखि त यो चासो झनै बढ्दै गएको छ। भारतविरुद्ध अभिव्यक्ति दिएको तथा भारत-चीन द्वन्द्व चलिरहँदा नेपालले कालापानी, लिम्पियाधुरासहितको नेपाली नक्सा जारी गरेपछि नेपालप्रतिको चासो झनै बढेको छ।

यस‍ैबीच, आइतबार तथा सोमबार पनि भारतीय मिडियामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको विश्वासको मतका खबर पनि प्राथमिकताका साथ प्रकाशन गरिएका छन्।

द इण्डियन एक्सप्रेसले ‘Sher Bahadur Deuba wins vote of confidence in Nepal Parliament’ (शेरबहादुर देउवाले संसदबाट पाए विश्वासको मत) शिर्षकमा समाचार प्रकाशन गरेको छ।

यस्तै आजतकले ‘विश्वास मत जीतकर आधिकारिक रूप से नेपाल के प्रधानमंत्री बने देउबा, PM मोदी ने दी बधाई’ (विश्वासको मत जित्दै नेपालको आधिकारीक प्रधानमन्त्री बने देउवा, प्रधानमन्त्री मोदीले दिए बधाइ) शिर्षकमा समाचार छापेको छ।

अमर उजालाले ‘नेपाल: शेरबहादुर देउबा ने जीता विश्वास मत, 165 सांसदों का मिला समर्थन, पीएम मोदी ने दी बधाई’ (नेपाल: शेरबहादुर देउवाले जिते विश्वासको मत, १६५ सांसदको पाए समर्थन, प्रधानमन्त्री मोदीले दिए बधाइ) शीर्षकमा समाचार प्रकाशन गरेको छ।

यस्तै जी न्युजले ‘Nepal:नए प्रधानमंत्री Sher Bahadur Deuba ने जीता विश्वास मत, PM Narendra Modi ने दी बधाई’ (नेपाल : नयाँ प्रधानमन्त्री शेरबहादुरले जिते विश्वासको मत, प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाइ) शीर्षकमा समाचार प्रकाशन गरेको छ।

द हिन्दुले ‘Nepal’s new PM Sher Bahadur Deuba wins vote of confidence in Parliament’ ‘नेपालका नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट जिते विश्वासको मत) शीर्षकमा समाचार प्रकाशन गरेको छ।

जागरणले ‘नेपाल में शेर बहादुर देउबा ने हासिल किया विश्वास मत, पक्ष में 165 वोट पड़े, पीएम मोदी ने बधाई दी’ (नेपालमा शेरबहादुर देउवाले हासिल गरे विश्वासको मत, पक्षमा १६५ भोट, प्रधानमन्त्री मोदीले दिए बधाइ) शीर्षकमा समाचार प्रकाशन गरेको छ।

यस्तै बिबिसी हिन्दीले ‘नेपाल के प्रधानमंत्री शेर बहादुर देउबा ने विश्वास मत का प्रस्ताव जीता‘ (नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव जिते) शीर्षकमा समाचार प्रकाशन गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको