ग्लोबल स्मार्टफोन बजारको दोस्रो स्थानमा शाओमी


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं-

ग्लोबल मार्केट रिसर्च फर्म क्यानालिसले तयार पारेको ‘ग्लोबल स्मार्टफोन मार्केट रिपोर्ट’ ले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी दोस्रो स्थानमा परेको देखाएको छ। शाओमीले १७ प्रतिशत बजार हिस्सा र ८३ प्रतिशत वार्षिक वृद्धिसाथ एप्पललाई उछिन्दै दोस्रो स्थान हासिल गरेको हो।

क्यानालिसका अनुसार शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापनजस्ता पहलहरूसाथ च्यालेन्जरबाट इनकम्बेन्टमा रूपान्तरण गरिरहकोे छ। शओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो विक्रेता बन्नबाट पछि पार्नु होे।

शाओमीका संस्थापक, अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत लेई जुनले यो सफलतालाई शाओमीको इतिहासको महत्वपूर्ण कोसेढुंगा भएको बताए। कठिन परिस्थितिमा पाँच वर्षको सेल्फ इम्प्रुभमेन्टपछि शाओमीको उत्पादन क्षमतामा उल्लेखनीय सुधार देखिएको उनको भनाइ छ। यो अग्रतालाई कायमै राख्ने प्रतिबद्धता उनले जनाए।

क्यानासिलसको रिपोर्टअनुसार सन् २०२० को चौथो त्रैमासिकमा शाओमीको स्मार्टफोन आपूर्ति ३१.५ प्रतिशत थियो। त्यसबेला पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४ करोड ३४ लाख युनिट बिक्री गरेको थियोथियो । २०२१ को पहिलो त्रेमासिकमा १५ प्रतिशत बजार हिस्सासाथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले १४ प्रतिशत हिस्सासाथ पछ्याएको थियो। त्यसबेला शाओमीलेको आपूर्ति ६९.१ प्रतिशत थियो भने ४ करोड ९४ लाख युनिट बिक्री भएको थियो।

शाओमीले आफ्नो पहिलो प्रिमियम फ्ल्यागसिप एमआई १० सिरिज सुरू गरेदेखि यो इमेजिङ, डिस्प्ले, चार्जिङ, स्मार्ट म्यानुफ्याक्चरिङ जस्ता महत्वपूर्ण क्षेत्रमा लगातार इनोभेटिभ हुँदै आएको छ।

शाओमीले २०२० मा १० अर्ब चिनियाँ आरएमबी लगानी गरिसकेको छ। चालू वर्ष लगानी ३० देखि ४० प्रतिशतले बढ्ने अनुमान छ। चालू वर्ष कम्पनीले एकैपटक ५ हजार इन्जिनियर भर्ना गरेको छ। यो संख्या कूल कर्मचारीका २० प्रतिशत हो।

क्यानालिसको रिपोर्टअनुसार शाओमीको बजार हिस्सा ल्याटिन अमेरिकामा ३ सय प्रतिशत, अफ्रिकामा १ सय ५० र पश्चिमी युरोपमा ५० प्रतिशतभन्दा बढी वार्षिक वृद्धि रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत